यथार्थपरक वित्तीय लक्ष्य निर्धारण गर्नु कुनै पनि लगानीकर्ताका लागि सफल लगानीको पहिलो कदम हो। लगातार तपाईँलाई प्रतिफल दिने लगानीको विकल्प खोज्नु महत्त्वपूर्ण छ भने दीर्घ मियादमा राम्रो परिणाम हासिल गर्ने लक्ष्यमा त्यससित सम्बन्धित जोखिमलाई बुझ्न पनि आवश्यक छ। वित्तीय लक्ष्यहरू पूरा गर्न छोटो मियाददेखि दीर्घ मियादका म्युचुअल फण्ड विकल्पहरू रोज्न सकिन्छ जसमा विभिन्न सम्पत्ति वर्गहरूमाथि आधारित उत्पादहरूको विस्तृत दायरामा लगानी गर्न सकिन्छ। यहाँ एउटा म्युचुअल फण्ड उत्पाद वर्ग छ जसमा लगानीकर्ताहरूले दीर्घकालीन सम्पत्ति निर्माणका लक्ष्यहरू राखेर लगानी गर्न सक्छन्। फ्लेक्सी-क्याप फण्डहरू ओपन एण्डेड इक्विटी फण्डहरू हुन् जसले कुल सम्पत्तिको कम्तीमा 65% कम्पनीहरूको विभिन्न मार्केट क्यापिटलाइजेशन (जस्तै, लार्ज-क्याप, मिड-क्याप वा स्मल-क्याप) का इक्विटी सम्पत्तिमा लगानी गर्छन्। युटीआई फ्लेक्सी क्याप फण्ड यस श्रेणीको सबैभन्दा पुरानो फण्डहरूमध्ये एक हो (1992 मा आरम्भ गरिएको) र यसको निरन्तर प्रदर्शनको दीर्घकालीन ट्र्याक रेकर्ड छ। यस फण्डको कोष 26,000 करोड़ रुपियाँभन्दा अधिक छ (दिसम्बर 31, 2024 सम्म)। युटीआई म्युचुअल फण्डको यो प्रस्ताव दीर्घ मियादी लगानीकर्ताका लागि उपयुक्त छ जसले यस्तो फण्ड खोज्दैछन् जहाँ गुणस्तरीय व्यवसायहरूमा लगानी गरेर आर्थिक मूल्य निर्माणको सम्भावना राख्छ। युटीआई फ्लेक्सी क्याप फण्डको लगानी दर्शन तीन स्तम्भहरूमाथि आधारित छ अनि ती स्तम्भहरू हुन्- गुणस्तर, वृद्धि अनि मूल्याङ्कन। पोर्टफोलियो रणनीति व्यवसायहरूमाथि केन्द्रित छ जसले लामो अवधिसम्म बलियो वृद्धि देखाउने क्षमता राख्छ र अनुभवी व्यवस्थापनद्वारा सञ्चालित छ।
गुणस्तरले लामो अवधिसम्म उच्च रिटर्न अन क्यापिटल इम्लोइड (आरओसीई) वा रिटर्न अन इक्विटी (आरओई) कायम राख्ने व्यावसायिक क्षमतालाई सङ्केत गर्छ। वास्तवमै उच्च गुण स्तरीय व्यवसाय भनेका ती हुन् जसले आफ्नो उद्योग वा क्षेत्रको कठिन समयमा पनि उच्च आरओसीई अनि आरओईहरू उत्पन्न गर्न सक्छन्। त्यसैले सदैव आफ्नो पुँजी लागतमाथि सञ्चालित हुन्छ। धेरैपटक होइन, उच्च आरओसीई/आरओई भएको व्यवसायले बलियो नगद प्रवाह उत्पन्न गर्न सक्षम हुन्छ र यी बलियो नगद प्रवाह आर्थिक मूल्य निर्माणको स्रोत बन्छ। वृद्धिले व्यवसायको दीर्घकालीन स्थिर वृद्धिलाई जनाउँछ। यस फण्डले चक्रीय र अस्थिर वृद्धिलाई भन्दा स्थिर र अनुमानित वृद्धिको प्रक्षेप पथलाई प्राथमिकता दिन्छ। चक्रीय वृद्धि वा डी-ग्रोथ धेरै तीव्र र अप्रत्याशित हुन सक्छ र दुवै दिशामा लगानीकर्ताहरूलाई चकित पार्न सक्छ। तर सेकुलर वृद्धिमा भने तुलनात्मक रूपले लङ टर्म ड्राइभरहरूलाई बुझ्न अधिक निश्चितता छ अनि त्यसले भविष्य परिणामहरूको निश्चितता पनि बढ़ाउँस्। उच्च गुणस्तरका व्यवसायहरूले आर्थिक मूल्यको सिर्जना गर्दछ, उच्च वृद्धि व्यवसायले यस आर्थिक मूल्यको कम्पाउण्डिङ गर्न सक्षम बनाउँछ। यसकारण स्टक चयनमा फण्डको मनपर्ने शिकार मैदान गुणस्तर र वृद्धिको प्रतिच्छेदन हो। फण्ड लगानी दर्शनको अन्तिम स्तम्भ मूल्याङ्कन हो। मूल्याङ्कन कुनै उत्कृष्ट व्यवसायमा प्रवेश गर्ने महत्त्वपूर्ण मापदण्ड हो त्यसैले स्टकमा प्रवेश गर्नअघि यसलाई धेरै सावधानीपूर्वक अध्ययन गर्नुपर्छ। यद्यपि प्राइस टु अर्निङ (पी/ई) गुणाङ्क व्यवसायको मूल्याङ्कन बुझ्नका लागि राम्रो आरम्भ बिन्दु हो, यो प्रायः गलत रूपमा बुझिने मूल्याङ्कन प्रविधि पनि हो। पी/ई केवल कुनै व्यवसायको नगद प्रवाह उत्पादन र दीर्घकालीन मूल्य सिर्जना क्षमतालाई बुझ्ने केवल छोटो मापदण्ड हो।
प्रायः उच्च रिटर्न अन क्यापिटल इम्लोइड (आरओसीई) र उच्च वृद्धि भएका व्यवसायहरूले दीर्घकालमा धेरै मूल्य सिर्जना गर्छन् र त्यसैले गणितीय रूपमा उच्च पी/ई योग्य हुन्छन्। यसले व्यवसायका आधारभूत तत्त्वहरूको आधारमा लगानी गर्ने दीर्घकालीन लगानीकर्ताहरूका लागि अझै आकर्षक लगानीको अवसर प्रदान गर्न सक्छ। त्यसैले केवल पी/ई माथि भर परेर निर्णयमा पुग्नअघि प्रत्येक व्यवसायको विशेषताहरूलाई ध्यानपूर्वक अध्ययन गर्नुपर्छ अनि त्यसपछि तिनीहरूमध्ये प्रत्येकका लागि उचित मूल्याङ्कन ब्याण्ड निर्धारण गर्नुपर्छ। पी/ई-ले खुलासाभन्दा अधिक लुकाएको हुन्छ र यो सधैँ आरओसीईको सन्दर्भमा विचार गर्नुपर्छ, जसले पुन: लगानी गर्ने र स्वतन्त्र नगद प्रवाहको अवसर प्रदान गर्दछ। यस फण्डले मार्केट क्यापिटलाइजेशन स्पेक्ट्रममा लगानी गर्छ र लगानीको वृद्धि शैलीलाई अनुसरण गर्छ। योजनाअन्तर्गत शीर्ष 10 होल्डिङहरूमा आईसीआईसीआई ब्याङ्क लिमिटेड, एचडीएफसी ब्याङ्क लिमिटेड, बजाज फाइनेन्स लिमिटेड, जोमेटो लिमिटेड, एलटीआईमाइण्डट्री लिमिटेड, इनफोसिस लिमिटेड, इनफो-एज (इण्डिया) लिमिटेड, कोफोर्ज लिमिटेड, कोट्याक महिन्दा ब्याङ्क लिमिटेड अनि ट्रेण्ट लिमिटेड छन् जसले 2024 दिसम्बर 31 सम्म पोर्टफोलियोको लगभग 43% हिस्सा ओगटेका छन्। युटीआई फ्लेक्सी क्याप फण्ड कोर इक्विटी पोर्टफोलियो निर्माण गर्न चाहने र गुणस्तरीय व्यवसायहरूमा लगानी गरेर आर्थिक मूल्यको सृजनमा दीर्घकालीन आर्थिक वृद्धिको खोजी गर्ने इक्विटी लगानीकर्ताहरूका लागि उपयुक्त छ। मध्यम जोखिम प्रोफाइल भएका र कम्तीमा 5 देखि 7 वर्षको अवधिमा दीर्घकालीन वित्तीय लक्ष्य पूरा गर्न चाहने लगानीकर्ताहरूले यस फण्डमा लगानीको विचार गर्न सक्छन्।