खाद्य उद्योगमा विश्वकै प्रमुख र इन्डिया गेट बासमती चामलको प्यारेन्ट कम्पनी साथै विश्वको नम्बर 1 बासमती चामल ब्राण्ड र अन्य खाद्य उत्पादहरूको निर्माता केआरबीएल लिमिटेडले नेपालमा इन्डिया गेट प्रिमियम बासमती (20 किलो प्याक) को लन्च घोषणा गरेको छ। नेपाल इभल्भ मीट 2025 कार्यक्रममा यो घोषणा गरिएको हो। याक एण्ड यती होटलमा यो कार्यक्रम सम्पन्न भएको थियो। प्रतिष्ठित साझेदार, सहयोगी र परिवर्तनका समर्थकहरू कार्यक्रममा सहभागी भएर केआरबीएलको नेपाल यात्रामा कोसेढुङ्गो रूपमा घोषणालाई मनाए। नेपाल यस ब्राण्डका लागि एउटा प्रिय बजार हो। यस लन्चले केआरबीएलको रणनीतिक कदमलाई स्पष्ट पार्दछ जसले उपभोक्ताको बढ्दो मागलाई सम्बोधन गर्दै ठूलो र मूल्य-केन्द्रित प्याकेजिङको आवश्यकता पूरा गर्ने लक्ष्य राख्दछ साथै नेपालको प्रत्येक घरमा प्रिमियम गुण स्तरीय बासमती चामल पुऱ्याउने प्रतिबद्धता दृढ बनाउँछ।
केआरबीएल लिमिटेडका इन्डिया ब्युजिनेस हेड आयुष गुप्ताले नेपाललाई प्राथमिक बजारको रूपमा महत्त्वपूर्ण रहेको बताउँदै भने, नेपालले केआरबीएलको विकास गाथामा विशेष स्थान ओगटेको छ। नेपाली उपभोक्ताहरूको अटल प्रेम र विश्वासले हामीलाई नवीनता अपनाउने अनि तिनीहरूको प्राथमिकताहरूको अनुकूल बन्न प्रेरित गर्दछ। इन्डिया गेट बासमती चामल प्रिमियम 20 किलो प्याकको लन्चसितै हामी उपलब्धता र सुविधा सुदृढ गर्न चाहन्छौँ जसले जीवन्त बजारमा हाम्रो उपस्थितिलाई सशक्त बनावोस्। हाम्रो लक्ष्य नेपालभरि फैलिनु हो जसले गर्दा प्रत्येक घरले इन्डिया गेट बासमती चामलको गुणस्तर र विश्वासको अनुभव गर्न सकोस्।नेपाल केआरबीएलको निम्ति केन्द्र बिन्दु हो जहाँ उपभोक्ताहरूबीच इन्डिया गेट बासमती चामल विश्वासिलो उत्पाद बनेको छ। यसको अनुपम सुगन्ध, स्वाद र गुणस्तरका लागि यहाँ यो परिचित छ। पारिवारिव सङ्ख्या र थोक खरीदको बढ्दो मागलाई सम्बोधन गर्न डिजाइन गरिएको 20 किलो प्याकले उपभोक्ताहरूको आवश्यकतालाई सही ढङ्गले पूर्ति गर्ने केआरबीएलको प्रतिबद्धतालाई दर्शाउँछ।
कार्यक्रममा आफ्नो विचार व्यक्त गर्दै 25 वर्ष भन्दा बढ़ी समयदेखि इन्डिया गेटका विश्वासिला वितरक र तरुण एग्रोका हेड आशीष मनालीले, केआरबीएलसित हाम्रो साझेदारी असाधारण नै रहेको छ। 25 वर्षदेखि तरुण एग्रोले नेपालमा गर्वसित इन्डिया गेट बासमती चामलको प्रतिनिधित्व गरेदै आइरहेको छ अनि यस नयाँ लन्चले नवीनता र उपभोक्ता-केन्द्रित नीतिप्रति ब्रान्डको प्रतिबद्धता पुनः पुष्टि गरेको छ। हामी यस यात्राको हिस्सा भएर खुशी छौँ र नेपालमा इन्डिया गेटको निरन्तर वृद्धि हेर्न आतुर छौँ।स्थानीय साझेदारहरूसँग सहकार्य अझ दह्रो पार्ने र उपभोक्तासित रहेको सम्बन्धलाई गहिरो बनाउने रणनीतिहरूलाई रेखाङ्कन गर्न नेपाल इभोल्भ मीट 2025 ले प्ल्याटफर्मको रूपमा सेवा पुऱ्याएको छ। गुणस्तरीय उत्पादहरूमार्फत समुदायलाई सशक्त बनाउन केआरबीएलको ध्यान केन्द्रित छ अनि नेपालसितै विश्वभरि बासमती चामल उद्योगमा बेन्चमार्क स्थापित गर्न प्रतिबद्ध रहन्छ।