मध्य प्रदेश बस दुर्घटना : मृतकको संख्या ५० पुग्यो

भारतको मध्य प्रदेश राज्यको सिधी जिल्लामा मंगलबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५० पुगेको छ । समाचार संस्था एनएनआईले जिल्ला अधिकारी रवीन्द्रकुमार चौधरीलाई उद्धृत गर्दै मृतकको संख्या ५० पुगेको जनाएको छ । 

भारतीय सञ्चारमाध्यमका अनुसार सिधीबाट सत्ना गइरहेको बस मंगलबार बिहान नहरमा खसेको हो । दुर्घटनास्थल मध्यप्रदेशको राजधानी भोपालबाट करिब ५ सय ६० किलोमिटर टाढा पर्छ ।

प्रहरीका अनुसार बस सडक छेउमा रोक्ने क्रमममा पुलबाट ३० फिट गहिरो नहरमा खसेको जनाइएको छ । खसेपछि ७ यात्रु भने पौडेर बाहिर निस्कन सफल भएका थिए । प्रहरी नियन्त्रण कक्षको जानकारीअनुसार चालकले नियन्त्रण गुमाएपछि बस नहरमा खसेको हो ।

स्थानीय सञ्चारमाध्यमका अनुसार बसमा ५७ जनाले यात्रा गरिरहेका थिए । मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले मृतकका परिवारलाई राहतस्वरुप जनही ५ लाख दिने घोषणा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *