जीवनरक्षक ईएनटी सर्जरीले युवकलाई गम्भीर स्लीप एपनिया (ओएसए) देखि बचायो

दैनिक जीवनको हलचलबीच, हामी‌ ती मौन लडाईंहरूमाथि बिरलै ध्यान दिन्छौं जुन लडाईं हाम्रा वरिपरिका मानिसहरूले लडिरहेका  छन्। तिनीहरूमध्ये कोही जीवनको दिशा परिवर्तन गर्ने प्रमुख घटनाहरूबाट गुज्रिरहेका छन् भने कोही दुर्लभ वा गम्भीर स्वास्थ्य समस्याबाट पीडित छन्। यस्तै अदभूत जीवन गाथा छ सिलगढीको सेभक रोड निवासी संचित खण्डेलवालको, जसले असाधारण चिकित्सा हस्तक्षेप र व्यक्तिगत प्रयासद्वारा ज्यान जोखिममा परेको अवस्थामाथि विजय हासिल गरेका छन्।  ३१ वर्षीय संचित शारीरिक दुर्बलता गराउने बिरामी अब्सट्रक्टिभ स्लीप एपनिया (ओएसए) बाट पीडित थिए। यो एउटा यस्तो अवस्था हो जहाँ निंद्रा अवधि श्वासनली अवरुद्ध हुन्छ। यो अदृश्य संघर्षले मानिसहरूको जीवनको गुणस्तरलाई गम्भीर रूपमा प्रभावित गर्न सक्छ र मृत्यु समेत निम्त्याउन सक्छ। ओएसएले श्वासप्रश्वासमा बारम्बार अवरोध मात्र गर्दैन तर चर्को स्वरमा घुर्ने र दिउँसो निद्रा लाग्ने कारण पनि बन्दछ।  कुन कुराले श्री खंडेलवालको मामिलालाई विशेषरूपमा असाधारण बनाउँछ भने त्यो उनी मोटो नभएको समय उनको उमेर र शारीरिक फिटनेसको स्तर हो। 

 उनीजस्ता स्वस्थ युवा व्यक्तिहरूमा स्लीप एपनिया अत्यन्तै असामान्य कुरा हो। ओएसएका लक्षणहरूले उनको उत्पादकतामा बाधा पुर्‍यायो र उनको मानसिक र शारीरिक स्वास्थ्यलाई गम्भीर रूपमा बाधित गर्यो। उनको अवस्था यति गम्भिर थियो कि उनलाई चिकित्सकहरूले कन्टिन्युअस पोजिटिभ एयरवे प्रेसर (सीपीएपी) थेरापी लिन सल्लाह दिएका थिए, जसले वायुमार्ग खुला राख्न निरन्तर दबाब कायम राख्न मद्दत गर्छ। बिमारीदेखि निराश बनेका संचितले यसबाट छुटकारा पाउनका निम्ति मणिपाल हस्पिटल, ब्रडवेका ईएनटी सर्जन र निद्रा शल्यक्रियाका विशेषज्ञ डा. दिपाङ्कर दत्तसित सम्पर्क गरे। उनले  विभिन्न अनुसन्धानहरूबाट गुज्रनुपर्यो, जसमा एउटा पोलिसोम्नोग्राफी परीक्षण थियो जसले उनको मस्तिष्कका तरंगहरू, रगतमा अक्सिजनको स्तर, मुटुको चाल र उनी सुतेको बेला श्वासप्रश्वासको निगरानी गर्यो। बिमारी वास्तव मै ओएसए पीड़ित भएको कुरा परीक्षणले पुष्टि गर्यो र सीपीएपी मशीन अनुरूप नभएकोले सर्जरी सबैभन्दा राम्रो  विकल्प हुने थाहा लाग्यो। डा. दिपाङ्कर दत्तले घाँटी वा श्वासनलीको वायुमार्गलाई फराकिलो र राम्रोसँग सास फेर्न र सुत्न मद्दत गर्न केही विशेष शल्यक्रियाहरू गरे।‌सबैभन्दा पहिला उनले कोब्लेसन नामक उपकरण प्रयोग गरेर बिस्तारै टन्सिलहरू हटाए अनि किटाणुहरूसँग लड्न मद्दत गर्न केहीलाई बादमा‌ छोडिदिए। त्यसपछि, उनले कडापनलाई रोक्नको निम्ति रबर ब्यान्ड तन्काएझै मुखको माथिल्लो भागलाई चिल्लो बनाइदिए। अन्तमा, हावाको प्रवाहलाई अवरूद्ध नगरोस् भनेर उनले गलाको पछाडि झुन्डिएको सानो टुक्रा युभलालाई काटिदिए।  सँगै, यी चरणहरूले सास फेर्न र राम्रोसँग सुत्न सहज बनाउन मद्दत गर्दछन्। खण्डेलवाललाई डेकेयरमा भर्ना गरियो र ड्रग-प्रेरित स्लीप एन्डोस्कोपी (डीआईएसई) बाट गुज्रनुपर्यो, जहाँ उत्तेजित निद्राले वास्तविक समयमा माथिल्लो वायुमार्गको गतिशील ब्लकबारे जान्नमा  मद्दत गर्दछ र शल्यक्रिया योजनालाई अन्तिम रूप दिइयो। 

८ सितम्बरमा, डा. दीपांकर दत्तले राम्रो सास फेर्न र निद्राको लागि श्वासनलीमा सुधार गर्नको लागि बहु-स्तरीय निद्रा शल्यक्रिया भनेर चिनिने शल्यक्रिया प्रक्रियाहरूको एक श्रृंखला सञ्चालन गरे।शल्यक्रिया इन्ट्रा क्याप्सुलर टन्सिलेक्टोमी (आईसीटी) को प्रयोग गरेर टन्सिललाई बिस्तारै हटाउनको लागि प्रतिरक्षा कार्यको लागि केही तन्तुहरू सुरक्षित राखेर शुरू भयो। यसपछि, उनले वायुमार्ग बाधित नहोस् भन्ने सुनिश्चित गर्नलाई तालुलाई पुनः आकार दिन र चौड़ा गर्नका‌ लागि  बार्ड प्यालाटोफेरिन्गोप्लास्टी गरे। अन्तमा, उनले अवरोधलाई कम गर्न युभुला (घाँटीको पछाडिको सानो, टियरड्रप आकारको टिस्युको टुक्रा) लाई छोट्याउन एक यूभुलोप्लास्टी सञ्चालन गरे। संयुक्त चरणहरूले वायु प्रवाह बढाउन र आरामदायी निद्रालाई बढावा दिन मद्दत गर्दछन्।  डा. दत्तका अनुसार शल्यक्रिया गर्न दुई घन्टा लाग्यो। सर्जरीको यो क भाग दुर्लभ हुन्छ र केवल ओएसएको सबैभन्दा खराब स्थितिमा नै गरिन्छ जब यो सीपीएपीजस्ता कुनै अन्य प्रकारका उपचार प्रति उत्तरदायी हुँदैन।  शल्यक्रियाको जटिलता र स्थितिको दुर्लभताले यसलाई अझ चुनौतीपूर्ण बनाइदियो। शल्यक्रियाका निम्ति जोखिमहरूलाई तदनुसार व्यवस्थापन गर्न र सफलता सुनिश्चित गर्न एक उच्च कुशल टोलीको संलग्नता आवश्यक थियो।”आफूले सामना गरिरहेको चुनौतीहरूका बावजुद रोगी निको हुनु एक प्रेरणादायी गाथा बनेको छ।

By Business Bureau