राष्ट्रिय फुटबल खेलाडी अभिषेक आई-लिग क्लब ऐजवाल एफसीमा आबद्ध

नेपाली राष्ट्रिय फुटबल टिममा प्रतिभाशाली तथा महत्वाकांक्षी फरवार्ड अभिषेक रिजालले भारतको आईलिग क्लब ऐजवाल एफसीबाट खेल्ने भएका छन् । यससँगै उनी भारतको माथिल्लो डिभिजन खेल्ने अर्को नेपाली राष्ट्रिय खेलाडी भएका छन् ।

अभिषेकका मेन्टर रवीन्द्र चन्दका अनुसार ऐजवालले मार्चको अन्तिमसम्मका लागि उनलाई अनुबन्ध गरेको हो । उनी ६ महिना अगाडिसम्म भारतको दोस्रो डिभिजन क्लब मोहमडन एफसीमा आबद्ध थिए ।

उनले त्यस क्लबलाई आई लिगमा बढुवा गर्न मद्धतसमेत गरेका थिए । तर अभिषेकले आई लिगको नयाँ सिजनका लागि नयाँ क्लब रोजेका हुन् । अहिले अभिषक नेपाली राष्ट्रिय टिमको प्रशिक्षणको तयारीमा छन् ।

ऐजवाल मिजोरमको व्यावसायिक फुटबल क्लब हो । उत्तरी भारतबाट त्यहाँको माथिल्लो डिभिजनमा खेल्न पहिलो क्लब हो । ऐजवाल एफसी जारी आई-लिगको अंकतालिकामा ५औं स्थानमा रहेको छ । आफूले खेलेका ५ खेलमध्ये ऐजवालले २ मा जित, २ मा ड्र र १ मा हार बेहोरेको छ । अभिषेक अर्को साता भारत जानेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *