अक्षय तृतीयाको दिन पसल र घरघरमा पूजा जारी छ

आज अक्षय तृतीयाको पर्व । हिन्दु धर्ममा यो पर्वको विशेष महत्व छ । अक्षय तृतीयालाई अख्खा तीज भनिन्छ । हिन्दू क्यालेन्डर अनुसार यो पर्व प्रत्येक वर्ष वैशाख शुक्ल पक्षको तृतीया तिथिमा मनाइन्छ । अक्षयको अर्थ हो जुन कहिल्यै क्षय हुँदैन।अक्षय तृतीयाको दिन देवी लक्ष्मी र भगवान विष्णुको पूजा गर्नाले जीवनमा सुख, समृद्धि र ऐश्वर्य प्राप्त हुन्छ, त्यसैले आज शुक्रबार बिहानैदेखि जलपाईगुडीका विभिन्न पसल तथा प्रतिष्ठानमा लक्ष्मी र भगवान् विष्णुको पूजा–आराधना भइरहेको छ , जलपाईगुडीका विभिन्न पसल र घरघरमा बिहानैदेखि पुजारीहरूद्वारा मन्त्र जपका साथ पुजा चलिरहेको छ । यसका साथै मदिरामा पूजा पनि चलिरहेको छ ।घरधनीले पनि पूर्ण भक्तिपूर्वक पूजा गरिरहेका छन् ।