चिनियाँ कम्युनिष्ट पार्टीका वरिष्ठ नेता घुसकाण्डमा पक्राउ

चिनियाँ कम्युनिष्ट पार्टीका एक वरिष्ठ नेता घुसकाण्डमा पक्राउ परेका छन् । चिनियाँ कम्युनिष्ट पार्टीको हेनान प्रान्तको प्रान्तीय किमिटीका पूर्व उपाध्यक्ष समेत रहेका वाङ योङलाई घुस लिएको आरोपमा पक्राउ गरिएको चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाले जनाएको छ ।

वाङलाई चिनियाँ सर्वोच्च जनपरिषदले पक्राउ गर्ने निर्णय गरेको थियो । जनपरिषद्का अनुसार राष्ट्रिय निरीक्षण आयोगले गरेको अनुसन्धानबाट वाङ घूसखोरीमा संलग्न रहेको सम्भावना देखिएको जनाउँदै फौजदारी अनुसन्धान गर्न र अन्य आवश्यक कारबाही गर्न सिफारिस गरेको थियो ।

चिनियाँ कम्युनिष्ट पार्टीको राजनीतिक परामर्श समितिका सदस्य समेत रहेका वाङलाई पार्टीको नीति र नियम उल्लंघन गरेको आरोपमा पार्टीबाट निष्कासन गरिएको छ ।

पार्टी अनुशासन एवं कानुनको गम्भीर उल्लंघनको आरोपमा उनलाई जिम्मेवारीबाट हटाइएको हो । उक्त मुद्दाको थप कारबाही अघि बढाइएको पनि जनपरिषद्ले बताएको छ ।

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *