उत्तर बंगालका साथै जलपाईगुडीका पेट्रोल पम्पहरूमा हडताल चलिरहेको छ। बिहीबार बिहानैदेखि पेट्रोल पम्प बन्द छन् । यस्तो अवस्थामा धेरै ग्राहकले पेट्रोल पम्पमा तेल नपाउँदा समस्यामा परेका छन् ।गत निर्वाचनमा पम्प सञ्चालकले मतदानमा खटिएका केन्द्रीय बललाई तेल दिएका थिए । बक्यौता रकम अहिलेसम्म नतिरेको आरोप छ । लोकसभा चुनाव अगाडि छ।
सोही कारण पेट्रोल पम्प सञ्चालकले विगतको बक्यौता तत्काल तिर्न माग गर्दै हडतालको आह्वान गरेका छन् । उत्तर बंगाल पेट्रोल पम्प डिलर्स एसोसिएसनले आह्वान गरेको पेट्रोल पम्प हडतालको आज व्यापक असर परेको छ । पम्प बन्द हुँदा मोटरसाइकल तथा साना सवारी चालकलाई निकै समस्या भइरहेको छ।
यात्रुलाई पनि समस्या परेको छ ।उत्तर बंगालका विभिन्न जिल्लाहरूसँगै जलपाईगुडीमा पेट्रोल पम्पहरू बन्द गरिएका छन्। आज दिनभर पेट्रोल पम्प बन्द रहने खबर आएको छ । पेट्रोल पम्प बन्द हुँदा ग्राहकहरु तेल नलिई पम्प फर्किनु परेको छ । एम्बुलेन्समा बिरामी ओसारपसार गर्नेलाई पनि समस्या परेको छ।