महिलाको उद्यमशीलता र आत्मनिर्भरतालाई सहयोग गर्ने उद्देश्यले नीति आयोग अन्तर्गत स्थापित महिला उद्यमशीलता मञ्च (डब्ल्यूईपी) ले मेकमाइट्रिपसँगको साझेदारीमा “प्रोजेक्ट मैत्री” को सुरुवातको घोषणा गरेको छ। यो अद्वितीय उद्यमशीलता प्रयास, आर्थिक सशक्तिकरण र स्वतन्त्रताको मार्गको रूपमा होमस्टेको अप्रयुक्त क्षमताको लाभ उठाएर देशको उत्तर-पूर्वी क्षेत्रका महिलाहरूमा केन्द्रित छ। इटानगरस्थित दोर्जी खाण्डु स्टेट कन्भेन्सन सेन्टरमा सुरु भएको ‘इनेबलिङ वुमन लेड डेभलपमेन्ट इन अरुणाचल’ (अरुणाचलमा महिला नेतृत्वको विकासलाई सक्षम बनाउने) शीर्षकको उक्त कार्यक्रममा अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खाण्डुको प्रमुख आतिथ्यता रहेको थियो।
प्रोजेक्ट मैत्री देशका सबै उत्तर-पूर्वी राज्यहरूमा होमस्टे ओनरहरूलाई सशक्त र प्रेरित गर्न डिजाइन गरिएको एक अग्रगामी सोच पहल हो। परियोजनाको एक भागको रूपमा, छानिएका सहभागीहरूले उनीहरूको अद्वितीय व्यावसायिक आवश्यकताहरू अनुरूप विशेष प्रशिक्षण प्राप्त गर्नेछन्। यस प्रशिक्षणले आतिथ्य, सुरक्षा, डिजिटल मार्केटिंग र अनुपालन सहित कौशलको एक विस्तृत श्रृंखला लाई समेट्नेछ। यसका साथै उत्कृष्ट तीन होमस्टे ओनरलाई यस क्षेत्रमा उत्कृष्टता र नवप्रवर्तनलाई थप प्रोत्साहन गर्दै पुरस्कारसहित सम्मान गरिनेछ ।
डब्ल्यूईपीकी मिसन डाइरेक्टर अन्ना रोयले भन्नुभयो, ‘यो परियोजनाले लैङ्गिक समानता र आर्थिक विकासको राष्ट्रिय लक्ष्यसँग मेल खाने महिला उद्यमशीलतालाई बलियो बनाउने रणनीतिक दृष्टिकोणलाई मूर्त रूप दिएको छ । यसले दीर्घकालीन लाभांश प्रदान गर्ने क्षमता राख्छ, किनकि भारतमा होमस्टेहरू आर्थिक स्वतन्त्रता चाहने महिलाहरूको लागि एक व्यावहारिक र आकर्षक व्यावसायिक अवसरको रूपमा विकसित हुन सक्दछन्।‘’ मेकमाइट्रिपका सह-संस्थापक तथा ग्रुप सीईओ राजेश मागो ले भन्नुभयो, “हामी यात्राको परिवर्तनकारी शक्तिमा विश्वास गर्दछौं, र यस परियोजनाको माध्यमबाट, हामी महिला होमस्टे ओनरहरूको लागि यो शक्ति अनलक गर्ने लक्ष्य राख्छौं। यस प्रयासमा महिला उद्यमशीलता मञ्चसँग साझेदारी गर्न पाउँदा हामी गौरवान्वित छौं र यी अविश्वसनीय महिला उद्यमीहरू फस्टाएको हेर्न चाहन्छौं किनकि उनीहरूले भारतको पर्यटन उद्योगको जीवन्तता र विविधतामा योगदान पुर्याएका छन्।‘’