रेलको ठक्करबाट बच्चासहित तीन हात्तीको मृत्यु भएको छ

रेलको ठक्करबाट एक बच्चा सहित तीन हात्तीको मृत्यु भएको छ। अलिपुरद्वारको राजाभटखावामा सोमबार बिहान यो दुखद घटना भएको हो। सिलगढी जाँदै गरेको मालगाडीको ठक्करबाट हात्तीको मृत्यु भएको बताइएको छ। यो घटना अलिपुरद्वारको बक्सा टाइगर रिजर्भको गहिरो जंगलमा रहेको राजाभटखावाको शिकारी गेट क्षेत्रमा आज बिहान करिब ७ः२० बजे भएको बताइएको छ। रेल राजाभटखवार सिक्री गेट पार गरेर काल्चिनीतर्फ गइरहेको थियो। त्यतिबेला एउटा वयस्क हात्ती र दुईवटा बच्चा हात्ती रेल लाइन पार गर्दै थिए। मालवाहक रेलको ठक्करबाट तीनवटा हात्तीको घटनास्थलमै मृत्यु भएको छ भने हात्तीको मृत्यु भएको खबर पाएलगत्तै वन विभागका डिएफडी पश्चिम परवीन कासवान घटनास्थलमा पुगेका छन्। रेलका अधिकारी पनि घटनास्थल पुगेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *