इन्डोनेसियामा शक्तिशाली भूकम्प : कम्तीमा ४२ जनाको मृत्यु

इन्डोनेसियाको सुलावेसी द्वीपमा शुक्रबार बिहान ६.२ म्याग्निच्युडको शक्तिशाली  भूकम्प गएको छ ।  भूकम्पमा परी कम्तीमा ४२ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्‍चारमाध्यमले जनाएका छन् ।

भूकम्पमा परेर एक अस्पतालसहित कैयौँ भवन भत्किनुको साथै र क्षतिग्रस्त भएको बताइएको छ ।

बिहान सबेरै आएको यस भूकम्पमा परी सुलावेसी द्वीपका ६ सयभन्दा बढी घाइते भएका जनाइएको छ । साथै १५ हजारभन्दा बढी विस्थापित भएको इन्डोनेसियाको राष्ट्रिय विपद् व्यवस्थापन बोर्डले जनाएको छ । यस द्वीपमा साढे दुई वर्षअघि आएको भूकम्प र सुनामीमा परी हजारौँ व्यक्तिको मृत्यु भएको थियो ।

सुलावेसी द्वीपको मामुजु सहरमा मात्र यस भूकम्पका कारण ३४ जनाको मृत्यु भएको छ । त्यसैगरी मामुजु सहरबाट निकै टाढा रहेको दक्षिणी क्षेत्र माजेनेमा भूकम्पको कारण ८ जनाको मृत्यु भएको छ । भवनको भग्नावशेषमा अझै पनि व्यक्तिहरु पुरिएको अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *