‘कोभिसिल्ड’ले पायाे नेपालमा आपतकालिन प्रयोगकालागि अनुमति

औषधि व्यवस्था विभागले भारतमा उत्पादन भइरहेकाे कोभिसिल्ड नामक कोभिड भ्याक्सिनलाई काेराेना विरूद्ध नेपालमा  आपतकालिन रुपमा प्रयोगका लागि अनुमति दिएको छ। 

 विभागको शुक्रबार बसेको बैठकले खोपको आपत्कालिन प्रयोगका लागि  सशर्त अनुमति दिएको विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले जानकारी दिए। 

४ देखी १२ हपताकाे अन्तरालमा दुइ डाेज लगाउनु पर्ने उक्त खाेपले  भारतमा पनिआपतकालीन प्रयोगका लागी अनुमति पाएकाे छ । 

सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरिरहेको ‘कोभिसिल्ड’ बेलायतको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकासँग मिलेर विकास गरेको खोपको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *