नयाँ दिल्लीको प्रगति मैदानमा भएको गुगल फर इण्डिया २०२३ कार्यक्रममा गुगलका वरिष्ठ अधिकारीहरूले भाग लिएका थिए जहाँ उनीहरूले मिडियाका चुनिएका व्यक्तिहरूका अगाडि विभिन्न पहल र कार्यक्रमहरूको बारेमा छलफल गरेका थिए।
कार्यक्रममा एपीएसीका उपाध्यक्ष तथा ट्रस्ट एन्ड सेफ्टीका प्रमुख सैकत मित्रले डिजी कवचको सुरुवातबारे ठूलो घोषणा गरे ।
यो एक नयाँ कार्यक्रम हो जुन प्रयोगकर्ताहरूलाई अनलाइन सुरक्षित राख्न र घोटालाहरूबाट जोगाउन डिजाइन गरिएको हो। पाइलट प्रोजेक्टका रूपमा भारतमा यो परियोजना सुरु गरिएको छ र केही समयपछि अन्य देशमा पनि यो कार्यक्रम लागू हुनेछ ।