भारतको महाराष्ट्रमा अस्पतालमा आगलागी हुँदा १० शिशुको मृत्यु

भारतको महाराष्ट्र राज्यमा एउटा अस्पतालमा आगलागी हुँदा १० जना नवजात शिशुको मृत्यु भएको छ । भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार महाराष्ट्र राज्यको भण्डारा जिल्लाको जिल्ला अस्पतालमा आगलागी हुँदा १० नवजातको मृत्यु भएको हो ।

शनिबार बिहान सिक न्युबोर्न केयर युनिटमा आगलागी भएको हो । ७ जना शिशुलाई भने सुरक्षित रुपमा उद्धार गरिएको पीटीआईले जनाएको छ । भण्डारा मुम्बईबाट करिब ७ सय किलोमिटरको दूरीमा छ ।

आगलागीपछिको धूवाँले निसास्सिएर शिशुहरुको मृत्यु भएको बताइएको छ । भण्डारा जिल्लाका एसपी वसन्त जाधवका अनुसार घटनाको खबर हुनेबित्तिकै दमकल पुगेको र प्रशासनिक र प्रहरी अधिकारी मिलेर आगो निभाइएको थियो । घटनाको छानबिन सुरु भएको पनि उनले बताए ।

अस्पतालका चिकित्सकले टाइम्स अफ इन्डियालाई बताएअनुसार ३–४ जना शिशुको जलेर मृत्यु भएको हो भने बाँकीको अक्सिजन आपूर्ति बन्द भएकाले मृत्यु भएको हो । मृत्यु भएका शिशुहरु १ देखि ३ महिनाका बीचमा रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *