बेलायती अस्पतालमा शय्या अभाव

कोरोना भाइरस संक्रमणका घटनामा वृद्धि भएका कारण बिहीबार इंग्ल्यान्डका अस्पताल प्रमुखहरूले शय्या व्यवस्थानमा कठिनाइ भएको बताएका छन् ।

स्वास्थ्य सेवा प्रदायक तथा चिकित्सकहरूले अपेक्षाकृत सकारात्मक सुधार देखिँदा पनि लन्डनका अस्पतालहरू दुई साताभित्रमा क्षमताभन्दा बढी बिरामी हेर्नुपर्ने अवस्था पुग्ने प्रशासनलाई बताएको एक गोप्य स्रोतले एएफपीलाई बताएको छ ।

बेलायतमा बुधबार ६२ हजारभन्दा बढी व्यक्तिमा कोभिड–१९ भएको उल्लेख गरिएको छ । दक्षिण–पूर्वी इंग्ल्यान्डमा कोरोना संक्रमितको संख्यामा नाटकीय वृद्धि देखिएको छ । यो क्षेत्रमा हालैका साताहरूमा नयाँ प्रकारको कोभिड–१९ का जीवाणु पाइएको बताइएको थियो । बेलायतका अस्पतालमा भर्ना भई उपचार गराइरहेका संक्रमितको संख्या ३० हजारभन्दा बढी पुगेको छ । पहिलो चरणमा संक्रमित भएपछि उपचार गराउनेको संख्या योभन्दा निकै कम थियो ।

इंग्ल्यान्डका अस्पतालहरूको प्रतिनिधित्व गर्ने एनएचएस प्रमुखले भने, ‘तीव्र वृद्धिले अस्पतालका उपचाररत केही बिरामीहरूलाई नर्सिङ होम वा केयर होममा केही थप शय्या व्यवस्थापन गरी सार्न बाध्य तुल्याएको अस्पताल सञ्चालकहरूले बताएका छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *