नक्सलबारीमा सिलगढी महाकमा परिषदको वार्षिकोत्सव कार्यक्रम मनाइयो

सिलगढी महाकमा परिषदले सत्तामा आएपछि आफ्नो सफलताको पहिलो वर्ष मनायो। विशेषगरी साँस्कृतिक कार्यक्रम र सामाजिक कार्यक्रम गरी दिवस मनाइएको थियो। साथै विगत एक वर्षमा विभागीय क्षेत्रमा भएका विकासको समीक्षा र भावी विकास आयोजनाको बारेमा प्रकाश पारिएको थियो ।बुधबार नक्सलबारी सामुदायिक हलमा कार्यक्रमको आयोजना गरिएको हो। कार्यक्रममा उत्तर बंगाल विकास मन्त्री उदयन गुहा, सिलगढी मेयर गौतम देव, उपमेयर रञ्जन सरकार, महाकमा परिषद् अध्यक्ष अरुण घोष, एसजेडीए अध्यक्ष सौरभ चक्रवर्ती र अन्य उपस्थित थिए। यस दिन वनमहोत्सव अन्तर्गत अतिथिहरुलाई बिरुवा उपहार स्वरुप प्रदान गरिएको थियो। मेयर गौतम देवले आगामी दिनमा विभागमा शिक्षा, स्वास्थ्य, सञ्चारलगायत सबै क्षेत्रमा निरन्तर विकासका काम गर्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *