सेरमको कोरोना खोपले पायो भारतमा आपत्कालीन प्रयोग अनुमति

अंग्रेजी नयाँ वर्षकै दिन भारत सरकारको एउटा उच्चस्तरीय विशेषज्ञ समितिले सेरम इन्स्टि्ट्युट अफ इण्डिया.(एसआईआई) द्वारा उत्पादित कोभिशिल्ड खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाद्वारा विकसित खोपलाई भारत सरकारको केन्द्रिय औषधि मापदण्ड नियन्त्रण संगठनअन्तर्गको विषयगत विज्ञ समितिले शुक्रबार आपत्कालीन प्रयोगका लागि अनुमति दिने निर्णय गरेको हो । यो निर्णयसँगै भारतमा खोपको आपत्कालीन प्रयोगको बाटो खुलेको छ । तर, यससम्बन्धी अन्तिम निर्णय भने भारतको औषधि नियन्त्रण महानिर्देशनालयले गर्ने जनाइएको छ । त्यसपछि भारतमा कोभिड–१९ विरुद्धको खोप प्रयोगको औपचारिक रुपमा बाटो खुल्ने छ ।

आगामी साताभित्र उक्त निर्णय भइसक्ने अनुमान छ । अनुमति दिइएको सम्बन्धमा भारत सरकारले भने औपचारिक रुपमा भने केही बताएको छैन । त्यसैगरी भारत बायोटेकद्वारा विकास गरिएको कोभ्याक्सिनको आपत्कालीन अनुमति दिने प्रक्रिया पनि अन्तिम चरणमा रहेको बताइएको छ । भारतमा आपत्कालीन अनुमतिका लागि हालसम्म फाइजर, सेरम र भारत बायोटेकले आवेदन दिएका थिए । बेलायतले सरकारले गत बुधबार मात्र अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाद्धारा विकसित उक्त खोपलाई प्रयोगका लागि अनुमति दिने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *