अक्सफोर्डको कोरोना खोपलाई बेलायतमा अनुमति

अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुले एस्ट्राजेनेकाको सहकार्यमा बनाएको कोरोना भाइरसविरुद्धको खोपले बेलायतमा प्रयोगका लागि अनुमति पाएको छ । नियामक निकाय मेडिसिन एण्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सी (एमएचआरए) ले खोपलाई अनुमति दिएसँगै आममानिसमा खोप वितरण गर्ने बाटो खुलेको छ ।

बेलाययतमा प्रयोग अनुमति दिनुको अर्थ यो प्रभावकारी र सुरक्षित छ भन्ने पुष्टि भएको बीबीसीले उल्लेख गरेको छ ।

बेलायतमा कोरोना संक्रमितको संख्याले दिनहुँ नयाँ रेकर्ड बनाउन थालेका बेला यस खोपले अनुमति पाउनुले ठूलो राहत मिल्ने आशा गरिएको छ । बेलायतमा मंगलबार एकै दिनमा ५३ हजार संक्रमित थपिएका थिए ।

सरकारले आउँदो जनवरी ४ तारिखबाट दुई हप्ताभित्र अक्सफोर्ड/एस्ट्राजेनेका तथा फाइजर-बायोएनटेकका २० लाख खोपको पहिलो डोज वितरण गर्ने घोषणा गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *