२४ घण्टामा थप ५०० जनामा कोरोना संक्रमण पुष्टि, ८४० जना कोरोनामुक्त

पछिल्लो २४ घण्टामा थप ५०० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमण पुष्टि हुनेमा २१३ महिला र २८७ जना पुरुष रहेका छन् । 

हालसम्म नेपालमा २ लाख ५७ हजार ७०० संक्रमितको संख्या पुगेको छ ।

त्यसैगरी २४ घण्टामा ८४० जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको संख्या २ लाख ४९ हजार १३२ संख्या पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ६ हजार ७४९ छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १९ लाख ५ हजार ८२६ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा ५ हजार ४३४ पीसीआर परीक्षण भएका छन् । क्वारेन्टाइनमा रहनेको संख्या ३६९ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *