२४ घण्टामा थप ६०८ जनामा कोरोना संक्रमण पुष्टि, ८९२ जना कोरोनामुक्त

पछिल्लो २४ घण्टामा शुक्रबार थप ६०८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमण पुष्टि हुनेमा २३७ महिला र ३७१ जना पुरुष रहेका छन् । हालसम्म नेपालमा २ लाख ५७ हजार २०० संक्रमितको संख्या पुगेको छ । 

त्यसैगरी २४ घण्टामा ८९२ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको २ लाख ४८ हजार २९२ संख्या पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ७ हजार ९२ छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १९ लाख ३९२ परीक्षणहरु गरिएका छन् ।

२४ घण्टामा जम्मा ४ हजार १४२ पीसीआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ३६९ रहेको छ । कोरोना संक्रमणबाट २४ घण्टामा थप ९ को मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८१६ जना पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *