यसकारण अध्यादेशबाट पछि हटे प्रधानमन्त्री

पार्टीभित्र सामान्य परामर्शसमेत नगरी संवैधानिक परिषद् सम्बन्धी अध्यादेशबाट प्रधानमन्त्री केपी ओली पछाडि हटेपछि विभिन्न अड्कलबाजी भएका छन् । नेकपाकै नेताहरुले पनि प्रधानमन्त्री ओली अध्यादेशबाट पछाडि हट्नुलाई विभिन्न तरिकाले विश्लेषण गरेका छन् ।

नेकपा सचिवालयका सदस्यहरु प्रधानमन्त्री ओली अध्यादेशबाट पछाडि हट्नुमा विभिन्न कारण देख्छन् । आफ्नै पार्टीभित्र विवाद, विपक्षीको असहयोग र अध्यादेशको भविष्य जोखिम देखेपछि प्रधानमन्त्री ओली पछाडि हटेको उनीहरुको विश्लेषण छ ।

सचिवालयका एक सदस्य भन्छन्, ‘पार्टीभित्र बहुमत सदस्यले अध्यादेशको विरोध गरे र प्रमुख प्रतिपक्ष कांग्रेसले पनि बोल्ड निर्णय लियो । यसले राजनीतिक रुपमा प्रधानमन्त्री ओलीमाथि दबाब भयो र अध्यादेश फिर्ता गर्न तयार भए ।’

सचिवालयका अर्का सदस्य भन्छन्, ‘हिजोका संवैधानिक परिषद्को बैठकमा प्रधानन्यायाधीश सहभागी भए पनि निर्णय गर्न दिएनन् । यसले पनि ओलीमाथि दबाब पर्‍यो । अध्यादेश ल्याए पनि निर्णय गर्न नसक्ने अवस्था देखिएकाले उनी पछि हटे ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *