२४ घण्टामा थप १ हजार २४ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा शनिबार थप १ हजार २४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ३९ हजार ८८५ पुगेको छ ।  

देशभरी सक्रिय संक्रमितको संख्या १४ हजार २५५ छ भने हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ५३६ जना रहेका छन् ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १७ लाख ७८ हजार २४ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा ६ हजार ७४ पीसीआर परीक्षण भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा २ हजार २०६ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । नेपालमा योसँगै निको हुनेको संख्या २ लाख २४ हजार ५३ पुगेको छ । त्यसका साथै २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १ हजार ५७७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *