ग्रेटर सिलगढी पब्लिशर्स एण्ड बुक सेलर वेलफेयर एसोसिएशनको नेतृत्वमा, 40 औं उत्तर बंगाल पुस्तक मेला डिसेम्बर 2 बाट सिलगढीमा सुरु हुँदैछ जुन डिसेम्बर 11 सम्म चल्नेछ। कञ्चनजङ्घा रंगशालाको मेला मैदानमा आयोजना हुने यस पुस्तक मेलामा ७० वटा स्टल रहनेछन्। मेला परिसरमा हरेक साँझ साँस्कृतिक कार्यक्रमको आयोजना गरिनेछ। सिलगढी नगर निगमका मेयर तथा मेलाका मुख्य सल्लाहकार गौतम देवले बिहीबार मेला परिसरमा पत्रकार सम्मेलन गरी यो जानकारी दिए। यससँगै उनले अहिलेको समाज इन्टरनेटसँग जोडिएको बताए। मानिसले किताब पढ्न छाडेका छन्। त्यसैले यस किसिमको पुस्तक मेला आयोजना गरिएको हो। नयाँ पुस्तामा पुस्तकप्रति रुची जगाउने उद्देश्यले पुस ३ गते पुस्तक मेलाको अवसरमा रंगारंग ¥याली निकालिने छ। हल्दार मेलाको उद्घाटन प्रख्यात चित्रकार तथा अभिनेता देवशंकरले गर्नेछन्। उउद्घाटन समारोहमा संगीतकार श्रमण गुहा ठाकुरको उपस्थिति रहनेछ।
Related Posts
कॉमेडीके यूजीईटी र यूनी-गैज प्रवेश परीक्षाहरू
- News Editor
- April 13, 2022
- 0
कॉमेडीके यूजीईटी र यूनी-गैज प्रवेश परीक्षाहरू जुन 19, 2022 मा क्रमशः 190 भन्दा बढी इन्जिनियरिङ कलेजहरू र 50+ प्रतिष्ठित निजी र डिम्ड विश्वविद्यालयहरूमा भर्नाको लागि […]
उच्च माध्यमिकमा ४७९ अंक ल्याउने त्रिशासहित अन्य जेहेन्दार विद्यार्थीलाई सम्मान गरिएको थियो
- Piyali Poddar
- May 10, 2024
- 0
बेलकोवा हाई गर्ल्स स्कुलकी छात्रा त्रिशा रोयले उच्च माध्यमिकमा ४७९ अंक ल्याएर जिल्लामा चौथो स्थान हासिल गरेकी छन् । शुक्रबार विद्यालयमा मार्कसिट वितरणको क्रममा तृषा […]
मिरिक सरकारी पोलटेक्निक कलेज सञ्चालनमा एआइसीटीइको अनुमति
- Editor
- July 17, 2021
- 0
मिरिक सरकारी पोलटेक्निक कलेजमा वर्ष २०२१ २२ देखि शैक्षिक शत्र शुरू हुने भएको छ १५ जुलाईको दिन भारत सरकारको शिक्षा मन्त्रालय अधिनस्थ अल इण्डिया काउन्सिल […]