तृणमूलले बंगालको विभाजनको षड्यन्त्रको बिरूद्ध सडक बैठक गर्यो

कालचिनी ब्लक युवा तृणमूल कांग्रेसका सदस्यहरूले शुक्रबार कल्चिनी चौपाठी क्षेत्रमा बंगाल विभाजनको षड्यन्त्रको बिरूद्ध र केन्द्रीय मन्त्री निशित प्रामानिकको गिरफ्तारीको माग गर्दै विरोध सभा आयोजना गरे। ब्लकको ११ जोनका तृणमूल युवा कांग्रेसका सदस्यहरूले विरोध बैठकमा भाग लिए। कालचिनी तृणमूल युवा कांग्रेसका ब्लक अध्यक्ष पवन याल्मोले भने, ‘कालचिनी मात्र होइन, आज अन्य ब्लकहरूमा पनि यो विरोध सभा आयोजना गरिएको छ।’ यससँगै उनले बङ्गाल विभाजनको कथित षड्यन्त्रका विरुद्ध आफ्नो आन्दोलन जारी रहने बताए। यससँगै उनले चुनावअघि नै बंगालको विभाजनको मुद्दा उठाएर जनतालाई भ्रममा पारेको भन्दै भाजपाको कडा आलोचना गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *