मोबाइल नपाएपछि युवकले झुण्डिएर आत्महत्या गरेका छन् 

 जानकारी अनुसार इस्लामपुर नगरपालिका–४ सुभाषनगर क्षेत्रमा मामाको घरमा बस्दै आएका १२ वर्षीय बालक सुमित कृतिनियाले बुधबार बिहान झुण्डिएर आत्महत्या गरेका हुन् । बुधबार बिहान स्कुल जाने समय हुँदा सुमितले नयाँ मोबाइल लिन आग्रह गरेको आरोप छ । पारिवारिक श्रोतका अनुसार सुमितकी आमाले यो घटनालाई लिएर सुमितलाई धेरै गाली गरिन् । त्यसपछि सुमितले घरको ढोका बन्द गरी घाँटीमा फाँसी हानेर आत्महत्या गरेका थिए ।

यो घटनाले सुभाषनगरका बासिन्दा मर्माहत भएका छन् । घटनाको जानकारी पाएलगत्तै इस्लामपुर प्रहरी चौकी घटनास्थलमा पुगेको थियो । प्रहरीले शव बरामद गरी पोष्टमार्टमका लागि उपजिल्ला अस्पताल इस्लामपुर पठाएको छ । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *