पश्चिम बङ्गालको दार्जीलिङ्गको पद्मजा नायडू हिमालयन जुओलोजिकल पार्क देशकै उत्कृष्ट चिडियाखाना घोषित भएको छ भने कोलकाताको अलिपुर जुलोजिकल गार्डनले चौथो स्थान हासिल गरेको छ।
सेप्टेम्बर १० मा भुवनेश्वरमा चिडियाखाना निर्देशकहरूको सम्मेलन आयोजना गरियो र केन्द्रीय चिडियाखाना प्राधिकरणले ओडिशाको राजधानीमा रैंकिंग सूची जारी गर्यो। देशभर करिब १५० चिडियाखाना छन् र ति सबै मध्य दार्जीलिङ्गको पद्मजा नायडू हिमालयन जुओलोजिकल पार्कले प्रथम स्थान ओगटेको छ ।
रेड पाण्डा पद्मजा नायडू हिमालयन जुओलोजिकल पार्क को शीर्ष आकर्षणहरू मध्ये एक हो, साथै हिमालयन ब्लैक बियर, स्नो लेपर्ड, गोराल र हिमालयन थारहरू पनि यहाँ देख्न पाइन्छ।