आईसीआईसीआई ब्याङ्कले असमका जनताको साथमा छ

आईसीआईसीआई ब्याङ्कले आसाममा बाढी प्रभावित मानिसहरूलाई राहत र सहायता प्रदान गरेको घोषणा गरेको छ। असम स्टेट डिसास्टर म्यानेजमेण्ट अथरिटी (एएसडीएमए) सँगको परामर्शमा ब्याङ्कले बाढीबाट प्रभावित ९ वटा जिल्लाहरुमा २ करोड रुपैयाँको अत्यावश्यक फूड र नॉन-फूड सप्लाईहरू वितरण गरेको छ । यी जिल्लाहरू काछार, नगाउँ, दिमा हासाओ, मोरिगाउँ, बारपेटा, नलबारी, बजाली, गोलपारा र धुब्री हुन्।

आईसीआईसीआई ब्याङ्कले चामल, दाल, तोरीको तेल र पफ्ड राइस जस्ता अत्यावश्यक खाद्य सामाग्रीहरु र भान्साका भाँडाहरु जस्ता अन्य सामानहरु उपलब्ध गराएको छ । ब्याङ्कले क्षतिग्रस्त घरको छाना पुनर्निर्माणका लागि ग्याल्भेनाइज्ड आइरन (जीआई) शीट पनि उपलब्ध गराएको छ । यी पहलहरूको संयुक्त प्रयासले १३००० भन्दा बढी परिवारहरूलाई सहयोग गरेको छ। जिल्ला प्रशासनसँगको सहकार्यमा आईसीआईसीआई ब्याङ्कले बाढी प्रभावित क्षेत्रमा ४४५० किलो ब्लिचिङ पाउडर, करिब २७०० लिटर फिनाईल, तीन ३००० थान क्लोरिन ट्याब्लेट र १०० थान स्प्रे मेसिन उपलब्ध गराएर सहयोग गरेको छ । साथै, आईसीआईसीआई ब्याङ्कले जिल्लाका बाढी प्रभावित मानिसहरूलाई चिकित्सा सुविधा उपलब्ध गराउन बोडोल्याण्ड टेरिटोरियल काउन्सिलसँग काम गरिरहेको छ।

यस प्रयासमा, आईसीआईसीआईले दुर्गम स्थानहरूमा ओपीडी क्लिनिकहरू सञ्चालन गर्न र बिरामीहरूलाई जिल्ला अस्पतालसम्म पुर्‍याउन रु ६० लाखको दुईवटा मोबाइल मेडिकल युनिट (एमएमयू) उपलब्ध गराएको छ। यी राहत गतिविधिहरू आईसीआईसीआई समूहको सीएसआर शाखा, समावेशी विकासका लागि आईसीआईसीआई फाउण्डेशन मार्फत लागू गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *