निसान इण्डियाले मोहन विल्सनलाई भारतीय बजारको लागि व्यापार रूपान्तरणको लागि मार्केटिङ, प्रोडक्ट एण्ड कस्टमर एक्सपीरियण्स डायरेक्टर नियुक्त गरेको छ। मोहन विल्सनले श्रीराम पद्मनाभनलाई प्रतिस्थापन गर्दै जुलाई १, २०२२ देखि प्रभावकारी भूमिका सम्हाल्नेछन्।
मोहनले ब्राण्ड निर्माण, मार्कम, प्रोडक्ट मार्केटिङ, कस्टमर एक्सपीरियण्स, कर्पोरेट स्ट्रेटेजी र डाटा आधारित मार्केटिङका क्षेत्रमा विशेषज्ञताका साथ सेल्स एण्ड मार्केटिङमा २० वर्षभन्दा बढीको क्रस फङ्क्शनल अनुभवका साथ जापान, हङकङ, जर्मनी र भारतका भौगोलिक क्षेत्रमा काम गरेका छन्।
यसअघि, मोहन जापानको ग्लोबल मुख्यालयमा निसान मोटर कर्पोरेशनको प्रिमियम कार ब्राण्ड इनफिनिटी मा ग्लोबल मार्केटिङ प्लानिङ प्रमुख थिए र इनफिनिटी को लागि विश्वव्यापी रूपमा नयाँ क्यूएक्स६० र क्यूएक्स५५ को साथमा नयाँ मोडल लण्च इण्ट्रोडक्शनहरूको एक हिस्सा थिए।