दिल्ली प्रहरीको विशेष इकाइले गत सेप्टेम्बर १९ (असोज ३) मा पत्रकार सम्मेलन गरेर भारतको राष्ट्रिय सुरक्षासँग सम्बन्धित गोप्य सूचना विदेशीलाई दिएको आरोपमा पत्रकार राजीव शर्मालाई पक्राउ गरेको औपचारिक जानकारी दियो ।ती गोप्य सूचना प्राप्त गर्न शर्माका ‘मतियारको भूमिका खेलेका’ दुई विदेशीलाई पनि पक्राउ गरिएको प्रहरीले सुनायो । पक्राउ परेका दुई विदेशीमा क्विङ सी नामकी चिनियाँ महिला र उनका सहयोगी नेपाली नागरिक राज भनेर चिनिने शेरसिंह बोहरा भनी खुलाइएको थियो । उनीहरूमाथि भारतविरुद्ध जासुसी गरेको आरोपमा मुद्दा दायर गरिएको छ । आरोप पुष्टि भए सरकारी गोपनीयता कानुनबमोजिम १४ वर्षसम्म कैद हुन सक्छ ।
Related Posts
बलिऊड अभिनेता आमिर खानमा कोरोना सङ्क्रमण
- Editor
- March 24, 2021
- 0
बलिउड अभिनेता आमिर खानमा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । अभिनेता खानका प्रवक्ताका अनुसार उहाँ हाल घरमै क्वारेन्टिनमा बस्नुभएको छ ।उहाँको प्रवक्तालाई उद्धृत गर्दै भारतीय […]
भारतीय सेनाले नेपाली सेनालाई स्वास्थ्य सामाग्रीहरु सहयोग गरेको छ।
- Editor
- June 11, 2021
- 0
नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेले दुइटा फिल्ड अस्पताल स्थापनाको लागि एम्बुलेन्स, भेन्टिलेटर र अन्य स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन्। त्यस्तै […]
कोरोनाविरुद्ध मोडर्नाले बनाइरहेको खोप ‘९५ प्रतिशत प्रभावकारी
- Editor
- November 16, 2020
- 0
विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसविरुद्ध खोप निर्माणमा अर्को सफलता प्राप्त भएको दाबी गरिएको छ । कोरोनाविरुद्ध अमेरिकी कम्पनी मोडर्नाले बनाइरहेको खोप प्रभावकारी देखिएको दाबी […]