यो वर्ष ५ बिलियन डोज उत्पादन गर्ने लक्ष्यमा भारत

गत १४ फरवरीमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले महामारीको प्रतिक्रियामा विश्वव्यापी कार्यलाई समन्वय गर्ने उद्देश्यले कोविड-१९ मा भर्चुअल ग्लोबल एक्शन बैठक डाकेका थिए। फिलिपिन्सको औपचारिक भ्रमणमा रहेका भारतीय विदेशमन्त्रीको अनुपस्थितिमा भारतका विदेश सचिव हर्षवर्धन श्रृङ्लाले उक्त बैठकमा भारतको प्रतिनिधित्व गरेका थिए। बैठकमा विभिन्न देश तथा अन्तरराष्ट्रिय संघ-संस्थाका विदेश मन्त्री तथा उच्च अधिकारीहरुको सहभागिता रहेको थियो।

भारतले वर्ल्ड हेल्थ आर्गेनाईजेशन (डब्लुएचओ) द्वारा अनुमोदित गरी चारवटा खोपहरू उत्पादन गर्दछ – कोभ्याक्सिन, कोविशील्ड, कोवोभ्याक्स र जनसेन। यसवाहेक अझ तीन अन्य खोपहरू – कोरबिभ्याक्स, जयकोवि-डी र जेन्नोभा स्वीकृतिको लागि बाँकी छन्। भारतले सन् २०२२ मा ५ बिलियन डोज उत्पादन गर्न सक्छ भन्ने विश्वास गर्छ। भारतले ९७ देशहरूमा १६२ मिलियनभन्दा बढ़ी खोप डोजहरू आपूर्ति गरिसकेको छ र २०२२ मा इण्डो-प्यासिफिक क्षेत्रमा एक बिलियन बढ़ी डोजहरू उपलब्ध गराउने लक्ष्य राखेको छ। कसरी भारतले ६० भन्दा बढ़ी देशहरूको लागि १७ प्रशिक्षण मोड्युलहरू सञ्चालन गरेको छ जसमा कोविड व्यवस्थापनको सम्पूर्ण स्पेक्ट्रममा केन्द्रित छ भन्नेबारे एफ एस श्रृङ्लाले साझा गरे। उनले भने, “हामीले हाम्रो वयस्क जनसङख्याको ७०% पूर्ण खोप लगाएर १.७ बिलियनभन्दा बढ़ी डोज प्रशासित गरेका छौं। हाम्रो डिजिटल प्रमाणीकरण प्लेटफर्म कोविनले दैनिक २५ मिलियन खोपहरू ह्याण्डल गरेको छ र हाम्रो प्रयासहरूको लागि महत्वपूर्ण भूमिका खेलेको छ।

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *