आज सिलगढ़ी नगरनिगम चुनाउ

शनिवार सिलगढ़ी नगरनिगम चुनाउ हो । शनिवार बिहान ७ बजीदेखि बेलुकी पाँच बजीसम्म सिलगढ़ी नगरनिगमको निम्ति म तदाताहरूले मतदान गर्ने छन् । चुनाउलाई ध्यानमा राख्दै सिलगढ़ीमा मतदानलगायत सुरक्षाका सबै प्रकारको व्यवस्था गरिएको छ चुनाउकर्मीहरू शुक्रवार नै मतदान केन्द्रहरूमा पुगिसकेका छन् । सिलगढ़ी नगरनिगमका ४७ वटा वार्डबाट २०२ जना उम्मेदवार चुनाउ मैदानमा छन् जसको राजनैतिक भाग्यको फसेला ४ लाख २ हजार ८९७ मतदाताले गर्नेछन् ।

नगरनिगम क्षेत्रमा रहेका ५०२ वटा मतदान केन्द्रमध्ये ८१ वटा संवेदनशील चिह्नित गरिएको छ यसबाहेक ४२ वटा मतदान केन्द्र रिजर्भ राखिएको छ। संवेदनशील मतदान केन्द्रहरूमा सीसीटीभीलगायत भीडियोग्राफी गरिनेछ । सिलगढ़ीका महकुमाशासक अनि रिटर्निङ अफिसर श्रीनिवास भेंकटरराव पाटिल ले बताएअनुसार नगरनिगमका १७ प्रतिशत मतदान केन्द्र संवेदनशील चिह्नित गरिएको छ । यी सबै मतदान केन्द्रहरूमा सीसीटीभी मार्फत दृष्टि राखिनेछ ।

पुलिस सूत्रबाट प्राप्त जानकारी अनुसार मतदान केन्द्रहरूमा २,१७२ जना पुलिसकर्मी तैनाथ गरिएको छ। यसमध्ये अन्य जिल्लाबाट १५०० पुलिसकर्मी ल्याइएको छ भने रहल ७७२ जना स्थानीय पुलिसकर्मी छन् । चुनाउ कार्यमा खटिएका पुलिस कर्मीहरूमा १२ जना इन्स्पेक्टर, २०० जना एएसआइ र एसआइ, ६० जना महिला अनि ५०० जना पुरुष कन्स्टेबल छन्। सिलगढ़ी थाना क्षेत्रमा ४००, न्युजलपाइगढ़ी थाना क्षेत्रमा २०० अनि भक्तिनगर थाना क्षेत्रमा २०० जना पुलिस कर्मी तैनाथ गरिएको छ । तीनवटा बूथ रहेका मतदान केन्द्रमा दुइजना सशस्त्र पुलिस बल र एकजना लट्ठीधारी पुलिसकर्मी|

Leave a Reply

Your email address will not be published. Required fields are marked *