प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलो भारत मध्य एशिया शिखर सम्मेलनको आयोजना गर्ने भएका छन् । भर्चुअल सम्मेलनमा कजाकिस्तान, उज्वेकिस्तान, ताजिकिस्तान तुर्कमेनिस्तान र किर्गिज गणतन्त्रका राष्ट्रपतिहरूले भाग लिनेछन् सम्मेलनमा यस प्रदेशको वर्तमान अवस्थाका बारेमा पनि चर्चा हुनेछ सम्मेलनमा कजाकिस्तानका राष्ट्रपति कासिम जोमार्त तोकायेभ, – उज्वेकिस्तानका राष्ट्रपति शाभकत मिर्जियोयेभ, ताजिकिस्तानका राष्ट्रपति इमोमाली रहमोन, तुर्कमेनिस्तानका राष्ट्रपति गुरबांगुली बर्दिमुहामेडोर किर्गिज गणतन्त्रका राष्ट्रपति सादिर जापारोभ सहभागी हुनेछन् ।
ब्रोड नेबरहुड सम्मेलनको वर्णन गर्दै विदेश मन्त्रालयले यो मध्य एशियाली देशहरूसँग भारतको बढ्दो सम्बन्धको प्रतिबिम्ब भएको बताएको थियो । मन्त्रालयले यी देशहरूलाई भारतको विस्तृत छिमेकीको भागको रूपमा वर्णन गरेको छ । भारत र यी देशका नेताहरूबीचको यो पहिलो पटक अन्तरक्रिया हो । यसअघि यी नै नेताहरूलाई भारतको गणतन्त्र दिवस समारोहमा प्रमुख अतिथिका रूपमा आमन्त्रण गर्न लागिएको थियो तर ओमिक्रोन र देशमा फैलिएको र कोभिड – १९ महामारीको तेस्रो लहरका कारण उक्त समारोहमा कसैलाई पनि प्रमुख अतिथिका रूपमा बोलाइएको थिएन मोदीले सन् २०१५ मा मध्य एशियाका सबै देशको भ्रमण गरेका थिए| त्यसपछि भारत र यी देशहरूबीच धेरै द्विपक्षीय र बहुपक्षीय फोरमहरूमा वार्ताहरू भएको छ । नोभेम्बर २०२१ मा भारत सरकारले नयाँ दिल्लीमा अफगानिस्तानमा क्षेत्रीय सुरक्षा संवाद आयोजना गन्यो जसमा यी देशका राष्ट्रिय सुरक्षा परिषदका सचिवहरूले पनि भाग लिएका थिए । व्यापार बढाउनु पर्ने सम्मेलनमा अफगानिस्तानका विषयमा क्षेत्रका राष्ट्रहरूको साझा धारणा राखिएको थियो । सन् २०२० मा भारतले मध्य एशियाली देशहरूलाई एक अरब डलर ऋण दिने घोषणा गरेको थियो ।
यो पैसा यी देशहरूमा धेरै पूर्वाधार परियोजनाहरू पूरा गर्न प्रयोग गरिने छ। भारत र मध्य एशियाली देशहरूबीच परराष्ट्र मन्त्रीस्तरमा नियमित वार्ता हुने गरेको छ। यसको तेस्रो बैठक दिसम्बर २०२१ मा नयाँ दिल्लीमा भएको थियो । भारत र मध्य एशियाली देशबीच दुई अरब डलर बराबरको व्यापार हुने अनुमान छ । यसको विपरीत एक रिपोर्ट अनुसार यी देशहरूको चीनसँग व्यापार लगभग १०० अरब डलरको छ । उल्लेखनीय छ, यदि भारतले यस क्षेत्रमा आफ्नो महत्व बढाउनु छ भने त्यसले यी देशहरूसँग रणनीतिक र व्यापारिक सम्बन्ध दुवै बढाउनुपर्छ|