भारतमा ओमिक्रोन संक्रमण बढेपछि धमाधम स्वदेश फर्किदै नेपाली

कोभिड–१९ को जोखिम बढेसंगै भारतबाट नेपाल फर्कने नेपालीहरुमा यसको संक्रमण तिब्र पाइएको छ । कैलालीको त्रिनगर नाका भएर स्वदेश फर्कदै गरेका ४८ जनामा बिहीवार कोभिड-१९ संक्रमण पुष्टि भएको हो । 

त्रिनगर नाकामा खटिएका हेल्थडेस्क इन्चार्ज गणेश साउदले ४३४ जनामा कोभिड-१९ परिक्षण गर्दा ४८ जनामा संक्रमण पुष्टि भएको बताए । उनले पोजिटिभ देखिएकाहरुलाई धनगढी उपमहानगरपालिका १५ स्थित आइसोलेसन सेन्टरमा पठाइएको बताए । 


पछिल्लो समय भारतमा कोभिड-१९ को संक्रमण तिब्र रुपमा फेलिएपछी रोजगारीका लागि भारत गएका नेपालीहरु धमाधम स्वदेश फर्कन थालेका छन । हिजो ९बुधबार० मात्रै सोही नाकामा ३४ जनामा कोभिड-१९ पोजिटिभ देखिएको साउदले बताए ।

पछिल्लो २४ घण्टामा मात्रै प्रदेशका १२१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। निर्देशनालयका अनुसार १०८ जनामा एन्टिजेन र १२ जनामा पीसीआरमार्फत परीक्षण गर्दा कोरोना पुष्टि भएको हो। गड्डाचौकी नाका भएर स्वदेश फर्केका ५९, त्रिनगर नाकाबाट भित्रिएका ४८ र बैतडीको झुलाघाट नाका भएर स्वदेश फर्केका एकजनामा संक्रमण पुष्टि भएको हो।
 

facebook sharing button
twitter sharing button
messenger sharing button
linkedin sharing button
sharethis sharing button

Leave a Reply

Your email address will not be published. Required fields are marked *