‘अफगानिस्तानमा विध्वंस नहोस् भनेर भागें’ : पूर्वराष्ट्रपति असरफ घनी

अफगानिस्तानका पूर्वराष्ट्रपति असरफ घनीले ‘देशमा विध्वंस नहोस् भन्ने चाहेर आफू भागेको’ बताएका छन् । तालिबान विद्रोहीहरूले देशका प्रमुख सहरहरूलाई नियन्त्रणमा लिएर राजधानी घेरेपछि घनी देश छोडेर भागेका थिए । अफगानिस्तानका पूर्वराष्ट्रपति असरफ घनीले ‘देशमा विध्वंस नहोस् भन्ने चाहेर आफू भागेको’ बताएका छन् । तालिबान विद्रोहीहरूले देशका प्रमुख सहरहरूलाई नियन्त्रणमा लिएर राजधानी घेरेपछि घनी देश छोडेर भागेका थिए । उनले अन्तिम अवस्थासम्म पनि आफू देश छाड्ने पक्षमा नरहेको बताए । देशलाई अलपत्र अवस्थामा त्यागेका भन्दै उनको त्यतिबेला निकै आलोचना भएको थियो । उनी हाल संयुक्त अरब इमिरेट्स (यूएई) मा छन् ।

तालिबान लडाकुहरूले त्यतिबेला राजधानी प्रवेश नगर्ने प्रतिबद्धता जनाएका तर पूरा नगरेका घनीको भनाइ छ । ‘दुईतर्फबाट तालिबानका दुई भिन्न समूह राजधानीतर्फ अघि बढेका थिए,’ घनीले भने, ‘उनीहरूसँगको द्वन्द्वले ५० लाख मानिसहरू रहेको सहर ध्वस्त हुने अवस्था थियो ।’ जसका कारण आफूले राष्ट्रिय सुरक्षा सल्लाहकार र पत्नी कारमा काबुल छाड्न तयार भएको बताए । तर कारको प्रबन्ध हुन नसकेपछि आफू हेलिकोप्टर चढेको उनको दाबी छ । ‘हेलिकोप्टर नउड्नुसम्म मैले अफगानिस्तान छाड्दै छु भन्ने पनि मलाई थाहा थिएन,’ घनीले बताए ।

घनीले देश छाड्दा ठूलो रकम लिएर भागेको आरोप पनि अस्वीकार गरेका छन् । त्यसबारे आफू स्वतन्त्र अन्तर्राष्ट्रिय छानबिनका लागि तयार रहेको उनको भनाइ छ । ‘म स्पष्ट रूपमा भन्न चाहन्छु, मैले कुनै पनि रकम देशबाहिर ल्याएको छैन,’ उनले भने, ‘मेरो जीवनशैली सबैलाई थाहा छ । पैसाले मैले के गर्ने?’

अन्तर्राष्ट्रिय समुदाय अफगानिस्तानमा रहिरहन्छन् भन्ने ठान्नु आफ्नो गल्ती भएको घनीले बताए । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र तालिबानबीच भएको सम्झौताले नै तालिबानलाई सत्ता कब्जाको बाटोमा उन्मुख गराएको उनको दाबी छ । ‘शान्ति प्रक्रियाको साटो हामीले सैनिक फिर्ता प्रक्रिया सुरु गर्‍यौं,’ घनीले भने, ‘जुन सम्झौता भयो त्यसले हामीलाई मेटाइदियो ।’

तालिबानसँगको सम्झौतामा अमेरिका र उसका सहयोगीहरूले अफगानिस्तानमा तैनाथ फौजको संख्या घटाउन सहमति जनाएको थियो । त्यसका साथै कैदी साटासाट गरिएसँगै तालिबान अफगान सरकारसँग वार्ता गर्न तयार भएको थियो । तर तोकिएको समयसम्म पनि वार्तामा कुनै प्रगति नभएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले सेप्टेम्बर ११ देखि सेना फिर्ता गरिसक्ने वाचा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *