कंगनासँग विवाह गर्न श्रीमती छोड्न तयार अनिल कपूर !

अभिनेत्री कंगना रनौतलाई बलिउडको क्वीनको रुपमा लिइन्छ । ३४ वर्षकी उनी अहिलेसम्म सिंगल नै छिन् र कसैको पर्खाइमा छिन् । तर, बलिउडका एक यस्ता कलाकार जसले उनीसँग विवाह गर्नका लागि आफ्नो श्रीमतीसम्म छोड्न सक्छन् । यी कलाकार कोही नभएर अनिल कपूर हुन् ।  उनले यो खुलासा करण जोहरको शो ‘कफी विद करण’मा गरेका हुन् । 

करणले अनिलसँग सोधे– ती महिलाको नाम बताउनुस्, जसका लागि तपाइँले आफ्नो पत्नी सुनीतालाई छोड्न सक्नुहुन्छ ? 

यसमा अनिलले कंगनाको नाम लिएका थिए । यद्यपि अनिलले कंगनाको नाम मजाकमा लिए तर, सामाजिक सञ्जाल प्रयोगकर्तालाई बहाना त चाहिएको छ, ट्रोल गर्नका लागि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *