इंग्ल्याण्डका गोलरक्षक पिकफोर्डले छनोट खेलमा अनुपस्थित हुने

एभर्टनका गोलरक्षक जोर्डन पिकफोर्ड इंग्ल्याण्डको तीनवटा विश्वकप छनोट खेलमा अनुपस्थित हुनुहुने भएको छ । पेटको मांसपेशीमा आएको समस्याले पिकफोर्डले यसै महिना हुने छनोट खेल नखेल्ने हुनुभएको हो ।
२७ वर्षीय पिकफोर्ड प्रिमियर लिग अन्तगर्त बर्नली विरुद्धको खेलमा हाफटाइम सकिनु अघि मैदान छोड्नु परेको छ । चोटले गर्दा पिकफोर्डले शनिबार नै हुन लागेको एफए कप अन्तगर्त म्यान्चेष्टर सिटी विरुद्धको क्वार्टरफाइनल खेलमा समेत अनुपस्थित हुनुहुनेछ । इंग्ल्याण्डले यसै महिना सान मारिनो, अल्बानिया र पोल्याण्ड विरुद्ध छनोट खेल खेल्नेछ ।
इंग्ल्याण्डका प्रशिक्षक गैरेथ साउथगेटले बिहीबार छनोट खेल्ने टोलिको घोषणा गर्नुहुनेछ । पिकफोर्डले जोहान बर्ग गुडमुन्डस्सनको प्रहारलाई रोक्न खोज्दा घाइते हुन पुग्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *