विधानसभा चुनाउअघि सिलगढ़ीमा सर्किट हाउस मोड़नजिक राति गरिएको चेकिङका क्रममा पुलिसले एक युवालाई हतियारसहित पक्राउ गरेको छ। उक्त कारवाही प्रधाननगर थानाको सादा पोशाकमा रहेका पुलिस टोलीद्वारा सञ्चालन गरिएको थियो।
प्राप्त रिपोर्टअनुसार उक्त युवक अटोमा यात्रा गरिरहेका थिए। तिनको व्यवहार शङ्कास्पद लागेपछि पुलिसले तलासी गर्दा तिनको कम्मरमा बाँधिएको अवस्थामा एउटा आग्नेयास्त्र र जिउँदो कारतुस फेला पारियो। पक्राउ परेका युवकको पहिचान कालेबुङ क्षेत्रका वासिन्दा एमडी फिरोज उर्फ राजका रूपमा गरिएको छ।
प्रारम्भिक सोधपुछका क्रममा तिनले यात्रीका रूपमा भेष बदलेर सिलगढ़ी जङ्क्सन क्षेत्रमा कसैलाई उक्त आग्नेयास्त्र बुझाउने योजना बनाएको आशङ्का गरिएको छ। पुलिसले तिनीविरुद्ध हतियार ऐनअन्तर्गत मुद्दा दर्ता गरी सिलगढ़ी न्यायालयमा प्रस्तुत गरेको छ। आग्नेयास्त्रको स्रोत पत्तो लगाउने तथा यसका सम्भावित प्राप्तकर्ताको पहिचान गर्ने सम्बन्धमा जाँच अघि बढ़ाइएको पुलिसले जनाएको छ।
आग्नेयास्त्रसहित युवक पक्राउ
