चिन्ताजनक : भारतीयहरूलाई अनलाइन बस्ने लाग्यो आदत

कोभिड १९ महामारीका – कारण डिजिटल कार्य दैनिक जीवनको अभिन्न अंग बन्न पुगेको छ । विशेष कुरा यो हो कि मानिसहरु अनलाइन जीवनको शिकार बनेका छन् साइबर सुरक्षा कम्पनी नर्टलाइफलक द्वारा एक वैश्विक अध्ययन अनुसार, ६६ प्रतिशत अर्थात् प्रत्येक तीनमध्ये दुई भारतीय महामारीको कारण अनलाइन बस्ने बानीको शिकार बनेका छन् । अध्ययनमा ७४ प्रतिशत भारतीयहरुले स्वीकार गरे कि उनीहरु स्क्रीनको अगाडि जति समय बिताउँछन्, त्यसले तिनको शारीरिक स्वास्थ्यमाथि नकारात्मक असर पर्दछ ५५ प्रतिशतको भनाइ अनुसार, उनीहरुको मानसिक स्वास्थ्य यस बानीको कारण प्रभावित भएको छ ।

नर्टनलाइफलक्का भारत एवं सार्क देशका निदेशक (सेल्स एण्ड मार्केटिङ्ग) रितेश चोपड़ाको भनाइ अनुसार, महामारीले अफलाइन गर्न सकिने कार्यहरुको लागि स्क्रीनमा निर्भरता बढाएको छ । यद्यपि, प्रत्येक व्यक्तिको लागि आफअनो अन् स्क्रीन अनि अफ् स्क्रीन समय माझ एक स्वस्थ सन्तुलन बनाउन महत्वपूर्ण छ ताकि स्वास्थ्य र सबैभन्दा माथि उनीहरुकोनानीहरुको स्वास्थ्यमाथि प्रतिकूल असर नपरोस्। अध्ययनमा घरमा हुँदा उपभोक्ताहरुको अनलाइन व्यवहारको समीक्षा गरिएको छ । १,००० भन्दा अधिक भारतीय वयस्कहरुमाथि ह्यारिस पोलद्वारा एक अनलाइन अध्ययनमा ८२ प्रतिशत व्यक्तिहरूले भने, शिक्षा र व्यावसायिक कार्य बाहेक डिजिटल स्क्रीनको अगाडि बिताएको समय महामारीको समयमा धेरै अधिक बढेको छ ।

भारतमा एक वयस्क पेशेवर वा शैक्षिक कार्य बाहेक स्क्रीनमा एक औसतन ४४ घण्टा बिताउँछ ।स्मार्टफोन त्यो सामान्य उपकरण हो जसको प्रयोगमा उनीहरु धेरै समय (८४ प्रतिशत) बिताउँछन् । चोपडाले भने, अनलाइन परिदृश्यमा साइबर खतराको संख्या र प्रकार बढेको छ प्रयोगकर्ताहरु ध्यानमा राख्नु पर्छ कि उनीहरुले आफ्नो कनेक्टेड उपकरणहरुको उपयोग कसरी र कहाँ गर्दछन् । सुविधा सुरक्षाभन्द ठूलो हुनुहुँदैन । तिनले भने, व्यक्तिगत वा गोप्य जानकारीको हानीको गम्भीर परिणाम हुन सक्छ । माता पिताको लागि यो कुरा जान्न र आफ्ना नानीहरुलाई साइबर सुरक्षाको आवश्यकताको बारेमा शिक्षित गर्न महत्वपूर्ण छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *