जलपाईगुडीमा मौसम बदली, बाक्लो कुहिरोसहित हल्का वर्षा

जलपाईगुडीमा बुधबार बिहानैदेखि पानी परेको छ। पूरा जलपाईगुडी कुहिरोले ढाकिएको छ। तर, अन्य दिनको तुलनामा आज कुहिरो अलि कम भए पनि चिसो भने बढेको छ। दिन ढल्दै जाँदा वर्षासँगै कुहिरोको तीव्रता पनि बढ्दै गएको छ। मानिसहरु सडकमा छाता लिएर हिडिरहेका देखिन्छन्। चिया बगानका मजदुर लगायत दैनिक ज्याला मजदुरी गर्नेहरु यो बर्षा, चिसो हावा र कुहिरोका कारण विभिन्न समस्यामा परेका छन्। केही दिनयता जिल्लाको न्यूनतम तापक्रम १२ देखि १४ डिग्रीको आसपास रहेको मौसम पूर्वानुमान महाशाखा स्रोतले जनाएको छ।