छोरीहरूको भविष्यसित खेलाँची गर्दैछौं : राहुल गान्धी

कांग्रेसका पूर्व अध्यक्ष राहुल गान्धीले हिजाबलाई लिएर कर्नाटक सरकारलाई निशाना बनाएका छन्। उनले हिजाबको मामिलामा देशका छोरीहरूको भविष्यसँग खेलवाड भइरहेको बताएका छन् साथै उनले माता सरस्वतीले सबैलाई ज्ञान दिने, भेदभाव नगर्ने बताए ।

कर्नाटकमा हिजाबलाई लिएर विवाद बढ्दै गएको छ । केही कलेजमा हिजाब प्रतिबन्ध लगाइएपछि मुस्लिम विद्यार्थीहरूले यसको विरोध गरिरहेका छन् । राहुल गान्धीले ट्रिट गर्दै लेखेका छन्, ‘हामी विद्यार्थीको हिजाबलाई उनीहरुको शिक्षामा बाधा पुयाएर भारतका छोरीहरुको भविष्य बिगारिरहेका छौं । माता सरस्वतीले सबैलाई ज्ञान दिनुहुन्छ । उनी भेदभाव गर्दैनन् । गत महिना कर्नाटकको उडुपी जिल्लाको एक कलेजले हिजाब लगाएका ६ छात्रालाई प्रवेशमा प्रतिबन्ध लगाएको थियो । त्यसपछि यो विवाद राज्यका अन्य कलेजहरूमा फैलियो। उडुपीमा, कलेजका प्रिन्सिपल आफैले हिजाब लगाएका छात्राहरूलाई क्याम्पसमा प्रवेश गर्न निषेध गरे । त्यसपछि युवतीहरुले यो निर्णयको विरोध गरेका थिए। उडुपीका विधायक तथा कलेज विकास समितिका अध्यक्ष के. रघुपति भाटले हिजाब लगाउने अधिकारका लागि आन्दोलनरत छात्राहरूसँगको भेटपछि शिक्षा विभागको निर्णयअनुसार छात्रालाई ‘हिजाब’ लगाएर कक्षामा प्रवेश गर्न नपाउने स्पष्ट पारे ।

अहिले यो मुद्दा उच्च अदालतमा पुगेको छ उडुपी जिल्लाको एक सरकारी महिला कलेजकी छात्राले कक्षाभित्र हिजाब लगाउन पाउने अधिकारको माग गर्दै कर्नाटक उच्च अदालतमा रिट दर्ता गरेकी छन् विद्यार्थी रेशम फारुकले यो निवेदन दर्ता गरेका हुन् । निवेदकले छात्राहरुलाई हिजाब लगाउने अधिकार संविधानको धारा १४ र २५ अन्तर्गत मौलिक हक भएको र यो इस्लाममा आवश्यक अभ्यास भएको बताएको छ। याचिकाकर्ताले आफू र उनका अन्य सहपाठीहरूलाई कलेज प्रशासनको हस्तक्षेप बिना हिजाब लगाएर कक्षामा बस्न अनुमति दिन अनुरोध गरिन्। कलेजले आठ छात्रालाई इस्लाम धर्म मान्ने अनुमति नदिएको निवेदनमा भनिएको छ । ती छात्राहरूले हिजाब लगाएका कारण शिक्षाको मौलिक हकबाट वञ्चित भएका छन् ।

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *