शोभा यात्रामा तृणमूल-भाजपा उम्मेद्वार

सिलगढ़ीको हिलकार्ट रोडमा चुनाउ माहोलबीच व्यस्तता र फरक किसिमको राजनीतिक दृश्य देखियो। सोमवार बिहानै जनसम्पर्क तथा चुनाउ प्रचारमा उत्रिएका भाजपा उम्मेद्वार शङ्कर घोष। नाबालिकाको मृत्यु घटनामा आरोपी पक्राउ परेपछि तिनले क्षेत्रमा मानिसहरूसित प्रत्यक्ष सम्पर्क स्थापना गर्न पैदल यात्री तथा पसलेहरूसित कुराकानी गरिरहेका छन्।
आज महावीर जयन्तीको अवसरमा शहरमा भव्य शोभायात्रा निकालियो। उक्त शोभायात्रामा तृणमूल कङ्ग्रेसका उम्मेद्वार गौतम देव सहभागी भए। हिलकार्ट रोड हुँदै गुरु नानक चोकतर्फ अघि बढ़ेको त्यस शोभायात्राले क्षेत्रभरि उत्सवको वातावरण सिर्जना गर्योर।
उल्लेखनीय छ, जनसम्पर्क कार्यक्रमकै बीच भाजपा उम्मेद्वार शङ्कर घोष पनि उक्त शोभायात्रामा सामेल भए। आरम्भमा गौतम देवलाई शोभायात्रामा देखिए पनि केही समयपछि सोही शोभायात्राको दोस्रो पङ्क्तिमा धार्मिक झण्डा बोकेर शङ्कर घोष पनि देखिए। राजनीतिक प्रतिस्पर्धा हुँदाहुँदै पनि एउटै धार्मिक कार्यक्रममा दुई प्रतिस्पर्धी उम्मेद्वारको सहभागिता क्षेत्रका लागि फरक सन्देश रह्यो।

By Paromita