तृकंद्वारा त्रिपुराका मुख्यमन्त्री अनि प्रधानमन्त्री मोदीको पुतला दहन

तृणमूल कङग्रेसको आई टेक टोलीलाई त्रिपुरामा अड्काएको र षड़यन्त्रपूर्वक तृणमूल युवा कङ्ग्रेसको प्रमुख अभिषेक ब्यानर्जी लगायत तृणमूलका मन्त्रीमण्डलमाथि षड्यन्त्रपूर्वक आक्रमण गरेको तिव्र प्रतिवाद गर्दै आज तृणमूलद्वारा कालचिनीमा एउटा प्रतिवाद न्याली तृणमूल अलिपुरद्वार जिल्ला कोर्डिनेटर तथा पश्चिम बङ्गाल एसटी सेलका महासचिव पासाङ लामाको नेतृत्वमा निकालिएको थियो ।

उक्त यालीमा तृणमूल कालचिनी ब्लक सभापति गणेश महली, तृणमूल नेता विरेन्द्र बारा, लगायत तृणमूल महिला कङ्ग्रेसको कालचिनी ब्लक सभापति मालती बाक्ला, जिल्ला नेत्री इन्दु सिंह राय, छात्रा नेता हैदर अली अन्सारी, कालचिनी ग्राम पञ्चायत प्रधान निशा लामा, गारोपाड़ा ग्राम पञ्चायत प्रधान विन्दिया लामा महिला नेतृ निर्मला माझी, एवम् कालचिनी भेगका छात्रा, युवा र महिला समर्थकहरूको बाक्लो उपस्थिति रहेको थियो । कालचिनीस्थित तृणमूल पार्टी कार्यालयबाट प्रतिवादज्याली निकालिएको थियो भने यालीले कालचिनी रेल स्टेशनसम्म पुगेर पुनः कालचिनी चौपतिमा आईपुगेपछि पथसभामा परिणत भएको थियो ।

उक्त पथसभामा कोर्डिनेटर पासाङ लामा, ब्लक सभापति गणेश महली, महिला ब्लक सभापति मालती बाक्ला र विरेन्द्र बाराले घटनाको निन्दा गर्दै त्रिपुराको भाजपा सरकार केन्द्रको मोदी सरकार विरुद्ध गणतन्त्र हनन गरेको आरोप लगाएको थियो । तृणमूलको आई टेक टोलीलाई प्रथमत अड़काएर नियन्त्रणमा लिएको र आज र अभिषेक ब्यानर्जीको नेतृत्वमा त्रिपुरा पुगेका तृणमूलका मन्त्रीमण्डलमाथि षड्यन्त्रपूर्वक आक्रमण चलाएको चौतर्फी निन्दा भइरहेको र आज यसै प्रतिवादमा त्रिपुराको मुख्यमन्त्री विप्लव कुमार देब र प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला तृणमूल समर्थकहरूले दहन गरेको थियो । कोर्डिनेटर तथा पश्चिम बङ्गाल एसटी सेलका महासचिव पासाङ लामाले गणतन्त्र हननको विरोधमा यो प्रतिवाद न्याली गरिएको र आवश्यक परे त्रिपुरामा पुगेर पनि तृणमूलले विरोध प्रदर्शन गर्नपछि नहटने जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *