US Embassy Kathmandu

अमेरिकाबाट एक मात्रा लगाए पुग्ने खोप आउने ‘पक्कापक्की’, दूतावास भन्छ बन्दोबस्तीको तयारी हुँदै

अमेरिकाबाट एक मात्रा लगाए पुग्ने खोप आउने ‘पक्कापक्की’, दूतावास भन्छ बन्दोबस्तीको तयारी हुँदै

संयुक्त राज्य अमेरिकाले नेपाललाई जतिसक्दो छिटो खोप उपलब्ध गराउन नेपाल सरकार र कोभ्याक्ससँग नजिकबाट काम गरिरहेको बताएको छ। काठमाण्डूस्थित अमेरिकी दूतावासकी प्रवक्ता एना रिची एलनले भनिन्, "संयुक्त राज्य अमेरिका नेपाल सरकार र कोभ्याक्ससँग नजिकमा रहेर अमेरिकी खोपहरू नेपालमा चाँडोभन्दा चाँडो प्रयोग गर्न मिल्नेगरी भित्र्याउने उद्देश्यले काम गरिरहेको छ। सुरक्षित र प्रभावकारी रूपमा नेपालमा खोप भित्र्याउन कानुनी र बन्दोबस्तीका चुनौती सकेसम्म चाँडो सम्बोधन गर्ने प्रयत्न हामीले गरिरहेका छौँ।" अमेरिकाले उपलब्ध गराउने खोपको परिमाण हालसम्म खुलाइएको छैन। तर त्यो 'उल्लेख्य परिमाण'मा आउने बताइएको छ। दुई साताअघि सरकारले गठन गरेको विज्ञ समितिका संयोजकले नेपालले ६ लाख जोनसन एन्ड जोनसनको खोप प्राप्त गर्न लागेको…
Read More