Taliban

तालिबानले अफगानिस्तानमा ६० जनाको ज्यान जाने गरी गरेको हवाई हमलामा ‘भयानक परिणाम’ हुने पाकिस्तानलाई चेतावनी दिएको छ

तालिबानले अफगानिस्तानमा ६० जनाको ज्यान जाने गरी गरेको हवाई हमलामा ‘भयानक परिणाम’ हुने पाकिस्तानलाई चेतावनी दिएको छ

अफगानिस्तानको तालिवानले अफगानिस्तानको खोस्ट र कुनार प्रान्तका विभिन्न भागहरूमा हालै भएको हवाई आक्रमणमा पाँच बालबालिका र एक महिलाको ज्यान गुमाएकामा पाकिस्तान सरकारलाई चिन्ता व्यक्त गर्न पाकिस्तानी राजदूतलाई बोलाएको थियो। बैठकमा अफगानिस्तानका कार्यवाहक विदेशमन्त्री अमिर खान मुत्ताकी र कार्यवाहक उप रक्षामन्त्री अलहाज मुल्ला शिरिन अखुन्दको उपस्थिति रहेको देशको परराष्ट्र मन्त्रालयले जनाएको छ । "काबुलका लागि पाकिस्तानी राजदूतलाई आज परराष्ट्र मन्त्रालयमा बोलाइएको छ। आईईएका विदेश मन्त्री मौलावी अमिर खान मुत्ताकीसँगको बैठकमा उप रक्षा मन्त्री अल्हाज मुल्लाह शिरिन अखुन्द पनि थिए जहाँ अफगान पक्षले भर्खरको घटनाको निन्दा गरेको थियो," यसले ट्वीट गरेको छ। खोस्ट र कुनार प्रान्तका स्थानीय अधिकारीहरूले शनिबार पाकिस्तानी विमानले प्रान्तका…
Read More
तालिवानले पुरानो सत्ताका अधिकृत र सैनिक समेटेर ‘ग्राण्ड आर्मी’ बनाउने

तालिवानले पुरानो सत्ताका अधिकृत र सैनिक समेटेर ‘ग्राण्ड आर्मी’ बनाउने

तालिवानले पुरानो सत्ताका सैन्य अधिकारी र जवान समेटेर अफगानिस्तानका लागि ‘ग्राण्ड आर्मी’ बनाउने भएको छ । सोमबार पत्रकार सम्मेलनमा सैन्य रुपान्तरणको निरीक्षण गर्ने जिम्मा पाएका तालिवानका एक नेताले सेनाका पुराना अधिकृत र सैनिक समेटेर ‘ग्राण्ड आर्मी’ खडा गर्न लागेको जानकारी दिएका हुन् । अमेरिकी फौजद्वारा गत वर्ष काम नलाग्ने गरी बिगारेका ८१ वटा हेलिकप्टर र विमानमध्ये ५० प्रतिशत मर्मत गरेको र्‍याङ्क क्लिअरेन्स कमिशनका प्रमुख लतिफुल्लाह हकिमीले बताए । तालिवानले सत्ता कब्जा गर्ने बेला तीन लाख साना हतियार, २६ हजार ठूला हतियार र ६१ हजार सैन्य बाहन नियन्त्रणमा लिएको पनि हकिमीको भनाइ थियो ।अमेरिकी फौजको बहिर्गमनसँगै तालिवानले गत अगस्त १५ मा…
Read More
अफगानिस्तानमा पाकिस्तानी तालिबानका उच्च नेताको हत्या

अफगानिस्तानमा पाकिस्तानी तालिबानका उच्च नेताको हत्या

तेहरिक ए तालिबान पाकिस्तान (पाकिस्तान तालिबान अथवा टीटीपी) का एक उच्च नेताको पूर्वी अफगानिस्तानमा हत्या भएको छ । टीटीपीको प्रवक्ता रहेका बेला डे ग्युरे मुहम्मद खोरासानी भनेर समेत चिनिने गरेका खालिद बाल्टीलाई नान्गाहार प्रान्तमा मारिएको स्रोतलाई उद्धृत गर्दै अल जजीराले लेखेको छ । पाकिस्तानसँगको सीमा प्रान्तमा खालिद बाल्टी मारिएको अल जजीरालाई ती व्यक्तिले बताएका छन् । हत्याको विषयमा थप जानकारीका लागि खोज भइरहेको उनले बताएका छन् । अहिले खलिद बाल्टीको कुनै जिम्मेवारी नरहेको भन्दै उनको हत्याका विषयमा जाँचबुझ भइरहेको टीटीपीले जनाएको छ ।
Read More
तालिबान जबर्जस्ती काबुल छिरेका होइनन्, मैले उनीहरुलाई बोलाएको थिएँ : अफगानिस्तानका पूर्व राष्ट्रपति हामिद

तालिबान जबर्जस्ती काबुल छिरेका होइनन्, मैले उनीहरुलाई बोलाएको थिएँ : अफगानिस्तानका पूर्व राष्ट्रपति हामिद

अफगानिस्तानका पूर्व राष्ट्रपति हामिद करजईले हिंसा र लुटपाट रोक्नका लागि आफूले तालिबानलाई राजधानी काबुलमा प्रवेश गर्न भनेको बताएका छन् ।​ हामिद करजईले समाचार एजेन्सी असोसिएटेड प्रेसलाई दिएको साक्षात्कारमा भने, ‘तालिबानका नेताले आफ्ना लडाकू अफगान राजधानीमा प्रवेश नगर्ने आश्वासन दिएका थिए ।’ ‘तर अफगानिस्तानका पूर्व राष्ट्रपति अशरफ गनी आफ्नो सबै वरिष्ठ अधिकारीसँग अचानक काबुलबाट निस्किए र तालिबानसँग सम्झौता हुन सकेन ।’ यसै वर्ष अगस्टमा अमेरिकी सेना फिर्ता भएपछि तालिबानले अफगानिस्तानमा कब्जा जमाएका थिए र तत्कालीन सरकारलाई सत्ताबाट हटाइदिएको थियो । तालिबान लडाकूले एकएक गरी काबुल आसपासका क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएको थियो र उनीहरु राजधानी बाहिर आएर बसेका थिए । त्यतिबेला तालिबान लडाकू…
Read More
अफगानिस्तानः महिलालाई टेलिशृङ्खलामा देखाउन नपाइने तालिबानको निर्देशन

अफगानिस्तानः महिलालाई टेलिशृङ्खलामा देखाउन नपाइने तालिबानको निर्देशन

अफगानिस्तानमा तालिबान सरकारले महिलाहरूलाई टेलिभिजनमा प्रसारण हुने कार्यक्रममा अभिनय गर्न प्रतिबन्ध लगाउने सहितका नयाँ नियमहरू लागु गरेको छ। तालिबानले महिला पत्रकार र कार्यक्रम प्रस्तोतालाई पनि टाउको ढाक्न निर्देशन दिएको छ। यद्यपि निर्देशिकामा कस्तो प्रकारले ढाक्ने भन्ने कुरा स्पष्ट छैन। पत्रकारहरूले केही नियमहरू अस्पष्ट रहेको र त्यसलाई जसरी पनि व्याख्या गर्न सकिने बताएका छन्। अगस्टमा देशको सत्ता आफ्नो हातमा लिएको तालिबानले बिस्तारै कडा नियमहरू लागु गर्दै जाने डर धेरै जनाले व्यक्त गरेका थिए। अमेरिकी र सहयोगी सेनाको बहिर्गमनपछि सत्ता नियन्त्रणमा लिनेबित्तिकै तालिबानले महिलाहरूलाई विद्यालय नगई घरमै रहन आदेश दिएको थियो। सन् १९९० को दशकमा तालिबानले सत्ता सञ्चालन गर्दा महिलालाई शिक्षामा र…
Read More
अफगानिस्तानः तालिबानले विद्यालय जान रोक लगाएपछि किशोरीहरूलाई अनलाइन पढ्न सहयोग गर्ने शिक्षिका

अफगानिस्तानः तालिबानले विद्यालय जान रोक लगाएपछि किशोरीहरूलाई अनलाइन पढ्न सहयोग गर्ने शिक्षिका

अफगानिस्तानका नयाँ शासकहरूले बालिका र किशोरीहरूलाई 'उनीहरूकै सुरक्षाका लागि' भन्दै विगत तीन महिनायता विद्यालय नगई घरमै बस्न भनेका छन्।उनीहरूले त्यस्तो प्रतिबन्ध अस्थायी भन्दै आएका छन् तर समाधान देखा परेको छैन। यस्तैमा विदेशमा बस्ने एक अफगान शिक्षिकाले प्रवासबाटै केही गर्ने निर्णय गरिन्। अनलाइन विद्यालय सञ्चालन गर्न थालेको केही साताभित्रै एन्जेला गायुरले झन्डै १,००० विद्यार्थीलाई समेटिन्। त्यसमा ४०० भन्दा बढी स्वयंसेवी शिक्षकहरू आबद्ध छन्। बालबालिकाकाको सुरक्षाका लागि उनीहरूको नाम परिवर्तन गरिएको छ , अफगानिस्तानमा तालिबानले सात वर्षमाथिका बालिकाहरू विद्यालय जान नपाउने भनेर घोषणा गरेयता नसरिन र उनका अरू चार दिदीबहिनी घरमै बसेर पढ्न सक्दो गरिरहेका छन्। तर यसरी पढ्नका लागि खासगरी विश्वविद्यालयमा…
Read More
तालिवानद्वारा अफगानिस्तानमा विदेशी मुद्रा प्रयोग गर्न प्रतिबन्ध

तालिवानद्वारा अफगानिस्तानमा विदेशी मुद्रा प्रयोग गर्न प्रतिबन्ध

अफगानिस्तानमा विदेशी मुद्रा प्रयोग गर्न तालिवान सरकारले प्रतिबन्ध लगाएको छ । विदेशी मुद्राको प्रयोगले अफगानिस्तानको अर्थतन्त्रमा नकारात्मक असर परेको ठहर गर्दै तालिबान सरकारले विदेशी मुद्रा प्रयोगमा प्रतिबन्ध लगाएका हुन । तालिवान सरकारले जारी गरेको निर्देशनात्मक सूचनामा निर्देशनलाई अटेरगरी कसैले विदेशी मुद्राको प्रयोग गरेको पाइएमा कडा कारबाही गर्ने चेतावनी दिइएको छ । “इस्लामिक इमिरेट्स ९तालिवान०को आग्रह छ की, सवै नागरिक, व्यवसायी, व्यापारी, आम उपभोक्ताले अव उप्रान्त विदेशी मुद्रा प्रयोग नगर्नु होला, यो अनुरोधलाई वेवास्ता गरेमा कारबाही हुनेछ,” निर्देशनात्मक सूचनामा देखिएको छ । तालिवान प्रवक्ता जाबिउल्लाह मुजाहिदले तालिवान सरकारले यस विषयलाई अति महत्व र गम्भीरता पूर्वक लिएको जानकारी दिनुभयो ।अफगानिस्तानको बजारमा अमेरिकी…
Read More
तालिबानको आदेश–विदेशी मुद्राको प्रयोग नगर्नु, गरे कारवाही

तालिबानको आदेश–विदेशी मुद्राको प्रयोग नगर्नु, गरे कारवाही

तालिबानले अफगानिस्तानमा विदेशी मुद्राको प्रयोगमा प्रतिबन्ध लगाएको छ । ‘कोल्याप्स’ हुने संघारमा रहेको अफगानिस्तानको अर्थतन्त्र तालिबान शासकको पछिल्लो निर्णयले थप संकटमा धकेलिने देखिएको छ । तालिबानले भनेको छ, ‘आर्थिक अवस्था र राष्ट्रिय स्वार्थ अनुसार सबै अफगानीले अफगानी मुद्रा मात्रै आफ्नो बिनिमयमा प्रयोग गर्नु पर्छ ।’ तालिबानले सत्ता कब्जा गरेपछि अन्तर्राष्ट्रिय आर्थिक सहयोग झिकेपछि अफगानिस्तानको आर्थिक अवस्था संकटमा पुगेको हो । अफगानिस्तानमा प्रमुख रुपमा अमेरिकी डलर प्रयोग हुने गरेको छ । यस्तै छिमेकी देशसँगको व्यापारका लागि समेत अमेरिकी डलर प्रयोग हुने गर्छ । विदेशी मुद्राको प्रयोग गर्नेलाई कारवाही गरिने चेतावनी तालिबानले दिएको छ।
Read More
अफगानिस्तानलाई मानवीय सहायता दिन अमेरिका सहमत: तालिबान

अफगानिस्तानलाई मानवीय सहायता दिन अमेरिका सहमत: तालिबान

अफगानिस्तानलाई मानवीय सहायता दिन अमेरिका सहमत भएको तालिबानले बताएका छन्। अमेरिकाले अफगानिस्तान छोडेयता भएको पहिलो वार्ताको समापनपछि तालिबानले सो जानकारी दिएका हुन्। वार्ता कतारमा भएको थियो। सहायताबाहेक अमेरिकी नागरिकको सुरक्षित बहिर्गमन र चरमपन्थी समूहहरूको नियन्त्रणका विषयमा पनि वार्तामा छलफल भएको बताइएको छ। अमेरिकी अधिकारीहरूले छलफल खुला र व्यावसायिक भएको बताउँदै तालिबानलाई कार्यान्वयनको आधारमा मूल्याङ्कन गर्ने बताएका छन्। अमेरिकाले सो भेटघाटले तालिबानलाई मान्यता दिएको अर्थ नराख्ने बताएको छ। आइतवार राति जारी विज्ञप्तिमा तालिबानले भनेको छ: "अमेरिकी प्रतिनिधिहरूले अफगानलाई मानवीय सहायता दिने र अन्य सङ्घसंस्थालाई त्यस्तो सहयोग दिन सहयोग गर्ने बताएका छन्।" विज्ञप्तिमा तालिबानले "पारदर्शी रूपमा मानवीय सहयोग दिने परोपकारी समूहहरूसँग समन्वय…
Read More
तालिवानले भारतसँग व्यावसायिक हवाई उडान पुनः सुरू गर्ने

तालिवानले भारतसँग व्यावसायिक हवाई उडान पुनः सुरू गर्ने

तालिवानले व्यावसायिक हवाई उडान पुनः सुरू गर्न भारतसँग अनुरोध गरेको छ । अफगानिस्तानको नागरिक उड्यन प्राधिकरणले भारतलाई एक पत्र पठाउँदै काबुलबाट नयाँ दिल्लीको उडान पुनः सञ्चालन गर्न अनुरोध गरेको हो । ‘अमेरिकी सेनाले अफगानिस्तान छोड्नुअघि काबुल विमानस्थलमा क्षति पुगेको थियो । कतारको प्राबिधिक सहयोगमा विमानस्थल पुनः सञ्चालनमा आएकोले अबरुद्ध हवाई उडान पुनः सुरू गर्न अनुरोध गर्छौ,’ प्राधिकरणले दुई साताअघि पठाइएको पत्रमा भनिएको छ । तालिवानले पत्र पठाएपछि काबुलमा उडान सञ्चालन गर्ने बारेमा भारतीय सरकारले समिक्षा गरिरहेको छ । दुबै देशका यात्रुहरुको सहज यात्राका लागि अनुरोधसहितको पत्र भारत पठाइएको तालिवानको हवाई उड्यन प्राधिकरणले पुष्टि गरेको छ ।
Read More