17
Jun
१६ औं संस्करणको युरोकप फुटबलमा रुसले पहिलो जित हाँसिल गरेको छ । बुधबार साँझ भएको समूह चरणको आफ्नो दोस्रो खेलमा फिनल्याण्डलाई १-० गोल अन्तरले पराजित गर्दै रुसले पहिलो जित हाँसिल गरेको हो । सेन्ट पिटर्सवर्ग स्टेडियममा रुसलाई जित दिलाउन एलेक्सी मिरानचुकले निर्णायक गोल गरे । पहिलो हाफको इन्जुरी समयमा मिरानचुकले निर्णायक गोल गरे । उनले आर्टम ज्यूबाको पासमा उत्कृष्ट गोल गरेका हुन् । त्यसअघि खेलको चौंथो मिनेटमा फिनल्याण्डका जोएल पोहजनपालोले गोल गरेका थिए । तर, भीएआरमा जोएल अफसाइड देखिएपछि उनको गोलले मान्यता पाएन । यस जितसँगै समूह ‘बी’ को रुसले २ खेलमा ३ अंक जोडेको छ । रुस तालिकाको दोस्रो…