ramdev

चन्द्रागिरिमा रामदेव र आचार्य बालकृष्ण जिपलाइनमा

चन्द्रागिरिमा रामदेव र आचार्य बालकृष्ण जिपलाइनमा

नेपाल भ्रमणमा रहेका भारतीय योग गुरू रामदेव र आचार्य बालकृष्णले चन्द्रागिरिमा शनिबार बिहान जिपलाइन यात्रा गरेका छन्। उनीहरू बिहान चन्द्रागिरिमा योग प्रशिक्षण दिन गएका थिए। चन्द्रागिरि डाँडामा योग प्रशिक्षण दिएपछि रामदेव र आचार्य बालकृष्ण जिपलाइनमा सयर भएका थिए। रामदेवले शनिबार बिहान ५ देखि ६ बजेसम्म चन्द्रागिरि डाँडाको स्वच्छ हावामा योग, ध्यान गर्नुका साथै त्यहाँ उपस्थितहरूलाई योग धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्वको पर्वत चन्द्रागिरि, नेपालको एक उत्कृष्ट पर्यटकीय गन्तव्य रहेको भन्दै बाबा रामदेवले यहाँको स्वच्छ हावाले निरोगी बनाउने बताए। रामदेव शुक्रबार बेलुका चन्द्रागिरि पुगेका थिए।
Read More
रामदेव विरुद्ध नोटिश जारी

रामदेव विरुद्ध नोटिश जारी

भारतीय प्रतिभूति विनिमय बोर्ड (सेबी) ले योग गुरु बाबा रामदेवका अभिव्यक्ति विरुद्ध प्रश्न चिन्ह उठाउँदै नोटिस (पत्र) जारी गरेको छ । सेबीले प्रमोटर बाबा रामदेवको अभिव्यक्तिपछि रुचि सोयाविरुद्ध नोटिस जारी गर्दै यस विषयमा चित्त बुझ्दो जबाफ पठाउन भनेको छ। सेबीको विनियम २०१८ मा कुनै पनि कम्पनीको सार्वजनिक निष्कासन अघि पैसा बढ्ने, मुनाफा हुनेजस्ता दाबी गर्न नपाइने नियम छ तर उनले यो नियमको ठाडो उल्लंघन गर्दै सर्वसाधारणलाई करोडपतिसम्म बनाइदिने एउटा टेलिभिजन च्यानलको योगसत्रमा बताएका थिए । पतञ्जलिको स्वामित्वमा रहेको रुचि सोयाले एफपीओ जारी गर्ने तयारी गरिरहेकै बेला त्यस कम्पनीको संस्थापक बाबा रामदेवको सार्वजनिक वक्तव्य विवादमा आएको छ । सञ्चारमाध्यमहरुका अनुसार कम्पनीले…
Read More
बाबा रामदेवविरुद्ध मुद्दा दायर

बाबा रामदेवविरुद्ध मुद्दा दायर

बाबा रामदेवविरुद्ध मुद्दा दायर भएको छ। भारतको छत्तीसगढस्थित रायपुरको सिभिल लाइन्स पुलिस स्टेशनमा उनीविरुद्ध मुद्दा दायर भएको हो। भारतीय मेडिकल एसोसिएशन रायपुरका पदाधिकारीहरूले उनीविरुद्ध मुद्दा दर्ता गरेका हुन्। प्रहरीका अनुसार भारतीय मेडिकल एसोसिएशनका डा राकेश गुप्ता, डा विकास अग्रवाल, डा आशा जैन र डा अनिल जैनले लिखित उजुरीमा रामेदेवलाई गम्भीर आरोप लगाएका छन्। खोपको बारेमा अफवाह फैलाएको भन्दै उनीविरुद्ध मुद्दा दायर भएको बताइएको छ।  Click here to view source
Read More