Protest

मूल्यवृद्धि विरुद्ध विरोध प्रदर्शन

मूल्यवृद्धि विरुद्ध विरोध प्रदर्शन

हिल तृणमूल कङ्ग्रेसले मोदी सरकारको नीति विरुद्ध शहरमा विरोध प्रदर्शन गन्यो । यहाँको पार्टी कार्यालयबाट निक्लेको टीएमसीको लीले शहरको परिक्रमा गरेर यहाँको डम्बर चोकमा पुगेर उक्त विरोध प्रदर्शन गरेका थिए । उक्त विरोध प्रदर्शन कार्यक्रममा हिल टीएमसी कालेबुङ एसेम्बली संयोजक सुमन गुरुङ, युवा मोर्चा अध्यक्ष सुमित छेत्री आदिको मुख्य रूपमा उपस्थिति रहेको थियो पत्रकारहरूलाई सम्बोधन गर्दै सुमन गुरुङले केन्द्र सरकारको नीति विरूद्ध सम्पूर्ण बङ्गालभरि नै विरोध प्रदर्शन भइरहेको बताउँदै कालेबुङका विभिन्न क्षेत्रहरूमा टीएमसीले विरोध प्रदर्शन गरिरहेको बताए । उनले भने, भाजपा नेतृत्वाधीन केन्द्र सरकारले कोरोनाको महामारीमा जुन प्रकारले महँगाई बढ़ाएर लगिरहेको छ त्यसको विरोध गर्न आज टीएमसी सड़कमा उत्रेको हो…
Read More
पेट्रोल-डीजल मूल्य वृद्धिको विरोधमा विभिन्न राजनैतिक दल

पेट्रोल-डीजल मूल्य वृद्धिको विरोधमा विभिन्न राजनैतिक दल

पेट्रोल-डीजलको मूल्य वृद्धिको प्रतिवादमा तृणमूल कङ्ग्रेस सड़कमा ओलें। सोमवार सिलगढ़ी टाउन तृणमूल कङ्ग्रेस ब्लक एक र दुई तथा तृणमूल युवा कङ्ग्रेसको पक्षबाट सिलगढ़ी हासमी चोकमा प्रतिवाद कार्यसूची पालन गरियो। तृणमूल नेता वेदव्रत दत्तले भने, पेट्रोल-डीजलको मूल्य दिनदिनै बढ्दै गइरहेको छ। जसले गर्दा दैनिक आवश्यक सामग्रीको मूल्य पनि बढिरहेछ भने यसको प्रभाव साधारण मानिसमाथि परिरहेको छ। बीजेपीले साधारण जनतालाई उस्काउँदै बङ्गाल विभाजनगर्ने षड्यन्त्र गरिरहेको छ । आज तृणमूल कङ्ग्रेसको पक्षबाट पेट्रोलको मूल्य सय रुपियाँ गरेकोमा सय लेखेको केक काटेर अनौठो रुपमा प्रतिवाद कार्यक्रम पालन गरियो । अर्कोतिर, सोमवार एकै मुद्दाबारे दार्जीलिङ जिल्ला युवा कङ्ग्रेसको पक्षबाट हासमी चोकमा प्रतिवाद कार्यक्रम पालन गरियो।…
Read More
सिक्किमका शिक्षकहरूले सरकारले दिएको नयाँ अन्तरवार्ता लिने निर्णयको विरोध प्रदर्शन गरे

सिक्किमका शिक्षकहरूले सरकारले दिएको नयाँ अन्तरवार्ता लिने निर्णयको विरोध प्रदर्शन गरे

गत वर्ष नियुक्ति पाएका ८०० वटा एड एचओसी शिक्षकहरूको ठुलो संख्याले सिक्किम सरकारले उनीहरूको जागिर जारी राख्नको लागि नयाँ अन्तर्वार्ता लिने निर्णयको विरोधमा सोमबार गंगटोकको ताशीलिंग सचिवालयको अगाडि भेला भएर प्रदर्शन गरे। राज्यका विभिन्न भागबाट आएका आन्दोलनकारी शिक्षकहरूले सोमबार जारी गरिएको नयाँ अन्तर्वार्ता लिने आदेश आज राती फिर्ता लिने माग गरे। र यदि उनीहरुको माँग सरकारले नामानेको खण्डमा उनीहरूले आगामी केही दिनभित्रै भावी कार्यवाहीको बारेमा सामूहिक रूपमा निर्णय गर्ने कुरा गरे। आक्रोशित शिक्षकहरूले भने कि उनीहरू शिक्षा विभागले गरेको अन्तर्वार्ता प्रक्रियामा गएर नियुक्त भएका थिए र सरकारले उनीहरूलाई फेरि अन्तर्वार्ता लिन आग्रह गर्नु सरकारी पक्षमा उचित होइन।
Read More