PM MODI

प्रधानमन्त्रीले ३६ नयाँ लोकल ट्रेनहरूलाई हरियो झण्डा देखाउने

प्रधानमन्त्रीले ३६ नयाँ लोकल ट्रेनहरूलाई हरियो झण्डा देखाउने

पाँच राज्यमा विधानसभा चुनाउको बीचमा प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार १८ फरवरीमा केन्द्रिय रेलवेमा ३६ नयाँ लोकल ट्रेन सेवाहरू झण्डा देखाउनेछन् र ठाणे - दिवा रेलवे स्टेशनहरू बीचको नवनिर्मित पाँचौं र छैटौं रेलवे लाइनहरू पनि जनतालाई समर्पण गर्नेछन्कार्यक्रममा मुख्यमन्त्री उद्धव ठाकरे र उपमुख्यमन्त्री अजित पवारलाई पनि आमन्त्रित गरिएको छ रेल राज्यमन्त्री रावसाहेब दानवेले भने, प्रधानमन्त्रीले १८ फरवरीमा मध्य रेलवेमा नयाँ लोकल ट्रेनहरू झण्डा देखाउनेछन्। २.७ मिलियन यात्रीहरूले ३६ नयाँ लोकल ट्रेनहरूको सेवाबाट लाभान्वित हुनेछन् । सन् २००८ मा घोषणा गरिएको यो आयोजना अहिले ६२० करोड रुपियाँ खर्चेर सम्पन्न भएको छ । स्मरण रहोस्, ३६ नयाँ एसी लोकल ट्रेनहरू मध्ये ३४ छत्रपति…
Read More
भ्रष्टाचारले धमिराले सरह देशलाई खोक्रो पार्दछ : मोदी

भ्रष्टाचारले धमिराले सरह देशलाई खोक्रो पार्दछ : मोदी

प्रधानमन्त्री नरेन्द्र मोदीले आइतवार आफ्नो मासिक रेडियो कार्यक्रम मनका कुरा को ८५औं प्रकरणअन्तर्गत देशलाई सम्बोधन गरे। मोदीको २०२२ सालको यो पहिलो मनका कुरा कार्यक्रम थियो, जुन महात्मा गान्धीको पुण्यतिथिको अवसरमा ११.३० बजी शुरू भयो । कार्यक्रममा मोदीले विभिन्न कुरा साझा गर्दै भ्रष्टाचारबारे पनि बोले । तिनले भने, भ्रष्टाचार एउटा धमिरा सरह हो, जसले देशलाई खोक्रो बनाइदिन्छ । यसबाट छुटकारा पाउन तिनले देशवासीहरूसँग आफ्ना कर्तव्यहरूलाई प्राथमिकता दिने अपील गरे । प्रधानमन्त्री मोदीले भ्रष्टाचाररूपी धमि राबाट छुटकारा पाउन देशवासीलाई एकसाथ यसको विरुद्ध काम गर्न भने मोदीले देश-विदेशका एक करोड़भन्दा अधिक नानीहरूले तिनलाई पोस्टकार्डको माध्यममा आफ्ना मनको कुरा पठाएको बताए। उत्तर प्रदेशकी एकजना…
Read More
भारत र मध्य एशियाली देशहरू बीच शिखर सम्मेलन

भारत र मध्य एशियाली देशहरू बीच शिखर सम्मेलन

प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलो भारत मध्य एशिया शिखर सम्मेलनको आयोजना गर्ने भएका छन् । भर्चुअल सम्मेलनमा कजाकिस्तान, उज्वेकिस्तान, ताजिकिस्तान तुर्कमेनिस्तान र किर्गिज गणतन्त्रका राष्ट्रपतिहरूले भाग लिनेछन् सम्मेलनमा यस प्रदेशको वर्तमान अवस्थाका बारेमा पनि चर्चा हुनेछ सम्मेलनमा कजाकिस्तानका राष्ट्रपति कासिम जोमार्त तोकायेभ, - उज्वेकिस्तानका राष्ट्रपति शाभकत मिर्जियोयेभ, ताजिकिस्तानका राष्ट्रपति इमोमाली रहमोन, तुर्कमेनिस्तानका राष्ट्रपति गुरबांगुली बर्दिमुहामेडोर किर्गिज गणतन्त्रका राष्ट्रपति सादिर जापारोभ सहभागी हुनेछन् । ब्रोड नेबरहुड सम्मेलनको वर्णन गर्दै विदेश मन्त्रालयले यो मध्य एशियाली देशहरूसँग भारतको बढ्दो सम्बन्धको प्रतिबिम्ब भएको बताएको थियो । मन्त्रालयले यी देशहरूलाई भारतको विस्तृत छिमेकीको भागको रूपमा वर्णन गरेको छ । भारत र यी देशका नेताहरूबीचको यो पहिलो…
Read More
युवाहरूमाझ बढ्दो लोकप्रियताका कारण हिन्दीको भविष्य उज्ज्वलः मोदी

युवाहरूमाझ बढ्दो लोकप्रियताका कारण हिन्दीको भविष्य उज्ज्वलः मोदी

प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व हिन्दी दिवसको अवसरमा यस भाषाको प्रसारको बारेमा कुरा गरे । उनले भने, हिन्दी भाषाले हाम्रो ज्ञान र संस्कृतिको प्रसारमा महत्त्वपूर्ण भूमिका खेलिरहेको छ । परराष्ट्र मन्त्रालयले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।यसैबीच युनेस्कोबाट भारतका लागि पनि खुशीको खबर आएको छ । विश्व सम्पदा केन्द्रले भारतका युनेस्को द्वारा चिन्हित सम्पदा स्थलहरूको विवरण आफ्नो वेबसाइटमा हिन्दीमा प्रकाशित गर्न सहमत भएको जनाएको छ । अर्कोतर्फ विश्व हिन्दी दिवसको अवसरमा कार्यक्रमको नेतृत्व परराष्ट्र राज्यमन्त्री मीनाक्षी लेखीले गरिन् । यसमा प्रधानमन्त्री मोदीसँगै विदेशमन्त्री एस जयशंकरले हिन्दीको महत्वबारे कुरा गरेका थिए । कार्यक्रममा मोदीले भने, हिन्दी भाषाले आफ्नो…
Read More
मोदीले कर्मचारीहरूलाई पठाए विशेष उपहार

मोदीले कर्मचारीहरूलाई पठाए विशेष उपहार

काशी विश्वनाथ धाममा काम गर्ने मानिसहरूका लागि प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीबाट विशेष उपहार पठाएका छन् । मन्दिरमा काम गर्नेहरूलाई चप्पल लगाउन निषेध गरिएको छ र जाडो मौसममा समस्या भोग्नुपरेको छ यस्तो अवस्थामा प्रधानमन्त्री नरेन्द्र मोदीले त्यहाँ मानिसहरूको लागि जुटबाट बनेको पादुका पठाएका छन्। भगवान विश्वनाथको सेवामा लागेका पुजारी सेवक, सुरक्षाकर्मी, सरसफाईको काममा लागेका श्रमिक लगायतका लागि सय जोडी पादुका पठाइएको छ। काशी विश्वनाथ करिडोरको उद्घाटन गर्न प्रधानमन्त्री नरेन्द्र मोदी गत महिना काशी पुगेका थिए यति मात्र होइन, उनले काशी विश्वनाथ धामसँग सम्बन्धित आयोजनाको प्रत्यक्ष अनुगमन गर्दै आएका छन्। काशी विश्वनाथ करिडोरको उद्घाटन गर्न आएका प्रधानमन्त्री नरेन्द्र मोदीले कार्यकर्तासँग दिवाभोज गरेका…
Read More
कोरोनाको बढ्दो संक्रमणबारे प्रधानमन्त्रीले गरे बैठक चर्चा गर्न मुख्यमन्त्रीहरूसँग पनि बैठक डाकियोस् : मोदी

कोरोनाको बढ्दो संक्रमणबारे प्रधानमन्त्रीले गरे बैठक चर्चा गर्न मुख्यमन्त्रीहरूसँग पनि बैठक डाकियोस् : मोदी

देशमा तीव्र गतिले बढिरहेको कोरोना भाइरसको संक्रमणमाझ नै प्रधानमन्त्री नरेन्द्र मोदीले आइतवार मन्त्री र अधिकारीहरूसँग आपतकालीन बैठक गरे। भीडियो कन्फ्रेन्समार्फत गरिएको बैठकमा ओम क्रिोनको बढ्दो संक्रमणमाझ देशमा कोभिड- १९ महामारीको स्थितिको सम दीक्षा गरियो । बैठकमा केन्द्रिय गृहमन्त्री अमित शाह, केन्द्रिय स्वास्थ्य मन्त्री मनसुख माण्डविया, क्याबिनेट सचिव राजीव गाबा, गृह सचिव अजय भल्ला, स्वास्थ्य सचिव राजेश भूषण, आईसीएम आरका शीर्ष अधिकारीहरू सामेल भए। प्राप्त जानकारीअनुसार बैठकमा कोरोना स्थितिको समीक्षा गरिनसाथै सोमवार देशका सबै राज्यका स्वास्थ्यम न्त्रीसँग केन्द्रिय स्वास्थ्य मन्त्री मनसुख माण्डवीयको बैठक आयोजना गर्ने निर्णय लिइयो। सोमवारको बैठकमा प्रत्येक राज्यको कोरोना परिस्थितिबारे चर्चा हुनेछ । प्रधानमन्त्रीले देशमा ओमीक्रोन भेरिएण्टले गर्दा…
Read More
मोदीको सुरक्षा खतराबारे छानबिन गर्न उच्च स्तरीय समिति गठन

मोदीको सुरक्षा खतराबारे छानबिन गर्न उच्च स्तरीय समिति गठन

प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षामा देखिएको गम्भीर कमजोरीबारे छानबिन गर्न सर्वोच्च अदालतबाट अवकाशप्राप्त न्यायाधीशको नेतृत्वमा एउटा उच्च स्तरीय समिति गठन हुने भएको छ । यसै साता प्रधानमन्त्री मोदी सवार गाडी पन्जाबको फेरोजपुरको एउटा फ्लाइओभरमा झन्डै २० मिनेट फसेको थियो । किसानहरुको प्रदर्शनका कारण फसेपछि प्रधानमन्त्री पूर्वनिर्धारित कार्यक्रममा सहभागी नभई बीच बाटोबाट फर्किएका थिए । प्रधानमन्त्रीको सवारी सुरक्षामा कमजोरी देखिएपछि पञ्जावका सुरक्षा अधिकारी विवादमा तानिएका थिए । सोही विषयलाई लिएर सर्वोच्चमा उजुरीसमेत परेको थियो । शुक्रबार मात्र सर्वोच्चले पन्जावका रजिस्टार जनरल र हरियाणा उच्च अदालतलाई प्रधानमन्त्रीको भ्रमणमा देखिएको ‘ठूलो सुरक्षा खतरा’ का सम्बन्धमा रेकर्ड सार्वजनिक गर्न हरियाणा उच्च अदालतलाई निर्देशन दिएको थियो…
Read More
कोटा नियममा मोदी सरकारले परिवर्तन नगर्ने

कोटा नियममा मोदी सरकारले परिवर्तन नगर्ने

सरकारले आर्थिक रूपमा कमजोर खण्ड (ईडब्ल्यूएस) को पहिचानको लागि आठ लाख रुपियाँको विद्यमान वार्षिक आय सीमा जारी राख्ने निर्णय गरेको छ। सर्वोच्च अदालतमा पेश गरिएको एक शपथपत्रमा केन्द्रले मापदण्डहरूको पुनः मूल्याङ्कनका लागि || सरकारद्वारा गठित समितिले यस वर्षको परामर्श र भर्नाका लागि विद्यमान मापदण्डहरू जारी राख्न सुझाउ दिएको बताएको छ। यससँगै केन्द्र सरकारले ८ लाख रुपियाँसम्म आय भएका उम्मेद्वारहरूलाई एनईईटी पाठ्यक्रममा न भर्ना गर्न चाहेको बताएको छ।वास्तवमा हालै सर्वोच्च अदालतमा दर्ता गरिएको शपथ पत्रमा केन्द्र सरकारले समितिको प्रतिवेदनको प्रतिलिपि पनि संलग्न गरेको | छ। केन्द्रिय सरकारले नयाँ मापदण्डको सम्भावित | कार्यान्वयनका लागि सिफारिस सहित समितिका | सिफारिसहरू स्वीकार गर्ने निर्णय…
Read More
४० वर्षपछि पहिलोपल्ट प्रधानमन्त्री कुवेत जानसक्ने

४० वर्षपछि पहिलोपल्ट प्रधानमन्त्री कुवेत जानसक्ने

प्रधानमन्त्री नरेन्द्र मोदी चाँडै कुवेत जाने भएका छन् विशेष कुरा के छ भने विगत ४० वर्षमा कुनै पनि देशका प्रधानमन्त्रीको कुवेत भ्रमण यो पहिलो हुनेछ प्रधानमन्त्री मोदीको कुवेत भ्रमणको यो योजना पश्चिम एशियाका देशहरूसँगको सम्बन्धलाई दह्रो बनाउने र रणनीतिक साझेदारीलाई नयाँ उचाइमा पुयाउने रणनीतिक हिस्सा भएको बताएको छ। स्मरण रहोस्, कुवेत तेलको क्षेत्रमा धनी देश हो र भारतमा तेल आपूर्तिको एक महत्त्वपूर्ण स्रोत पनि हो । यस भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले कुवेतका निवेशकर्तालाई भारत आउन निमन्त्रणा दिन सक्ने र यसका साथै कुवेतसँग रक्षा सहकार्य बढाउने प्रयास गर्ने बताएको छ। केही मिडिया रिपोर्टमा भनिएको छ कि पीएम मोदी जनवरीको पहिलो सातामा…
Read More
क्षेत्रीय सहयोग र एकतालाई सुदृढ गर्न भारत प्रतिबद्ध : मोदी

क्षेत्रीय सहयोग र एकतालाई सुदृढ गर्न भारत प्रतिबद्ध : मोदी

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को ३७औँ बडापत्र दिवसमा सबै राष्ट्रका जनतालाई बधाई दिँदै प्रधानमन्त्री नरेन्द्र मोदीले भारत क्षेत्रीय सहयोग र एकीकरणलाई सुदृढ गर्न प्रतिबद्ध रहेको बताएका छन् । प्रधानमन्त्री मोदीले आफ्नो लिखित सन्देशमा सार्क राष्ट्रका सम्पूर्ण जनतालाई यस अवसरमा बधाई सन्देश दिनु भएको छ । 'सार्कको संस्थापक सदस्यको रूपमा, भारत यस क्षेत्रका सबै देशहरूको विकास र प्रगतिका लागि विभिन्न पहलहरू मार्फत क्षेत्रीय सहयोग र एकीकरणलाई सुदृढ गर्न प्रतिबद्ध छ ।' 'सार्क सदस्य राष्ट्र सँग भारत आफ्नो आर्थिक, वैज्ञानिक र प्राविधिक प्रगति साझा गर्न र यस क्षेत्रका जनताको कल्याण र बृहत्तर हित गर्न जारी राख्ने छ 'कोभिड १९ महामारीको…
Read More