pakistan

अफगानिस्तानमा ५० हजार टन गहुँ पुर्‍याउन अझै विलम्ब

अफगानिस्तानमा ५० हजार टन गहुँ पुर्‍याउन अझै विलम्ब

अफगानिस्तानमा अत्यन्तै जाडो र मानवीय संकटका कारण लाखौं मानिसहरू भोकमरीको सामना गरिरहे पनि भारत र पाकिस्तानबीचको कर्मचारीतन्त्रको बिलम्बले गर्दा ५० हजार टन गहुँ अझै पुग्न सकेको छैन। गत अक्टोबरमा भारतले अफगानिस्तानलाई ५० हजार टन गहुँ उपलब्ध गराउने निर्णय गरेको थियो। भारतबाट गहुँ वाघा हुँदै अटारीसम्म तथा त्यहाँबाट अफगानिस्तान पाकिस्तान सीमाबिन्दु तोर्खामसम्म सडकबाट लैजान प्रयास भएको थियो। तर, चार महिना पुग्न लाग्दा पनि गहुँ पुगेको छैन। जाडोअघि अफगानी नागरिक कहाँ गहुँ पुग्न कठिन हुने देखिएको छ। पाकिस्तानले अनुमति नदिँदा ढिलाई भएको भारतीय आरोप छ। तर, पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता असिम इप्तिखारले पहिलो चरणमा केही गहुँ फेब्रुअरी अन्तिमसम्म ढुवानीका लागि अनुमति दिइने…
Read More
४९ वर्षीय सांसदले गरे १८ वर्षीया युवतीसँग विवाह

४९ वर्षीय सांसदले गरे १८ वर्षीया युवतीसँग विवाह

पाकिस्तानका प्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तेहरिक-ए-इन्साफ (पीटीआई) का ४९ वर्षीय नेता तथा सांसद आमिर लियाकत हुसैन आजभोलि निकै चर्चामा छन् ।लियाकत हुसैनले वीटरमा आफूले १८ वर्षीया सैयदा दानियासँग विवाह गरेको जानकारी दिएका छन्। यो उनको तेस्रो विवाह हो। दुवैको उमेरमा करिब ३१ वर्षको अन्तर छ | लियाकत हुसैनले ट्वीट गरेको ठीक एक दिन अघि, उनकी दोस्रो पत्नी सैयदा टुबा अनवरले एक इन्स्टाग्राम पोस्टमा सम्बन्ध विच्छेदको जानकारी दिएकी थिइन्।उनले लेखेकी छिन्, 'भारी मनले म मेरो जीवनमा आएको परिवर्तनको बारेमा मानिसहरूलाई जानकारी गराउन चाहन्छु । मेरो परिवार र नजिकका साथीहरूलाई थाहा छ कि १४ महिना हामी अलग भएपछि स्पष्ट भयो कि…
Read More
पाकिस्तानी एयर फोर्सले जेएफ–१७ फाइटर जेट पाउने

पाकिस्तानी एयर फोर्सले जेएफ–१७ फाइटर जेट पाउने

पाकिस्तानी एयर फोर्सले (हवाई सेना) जेएफ–१७ थन्डर फाइटर  जेट पाउने भएको छ ।  चीन र पाकिस्तान मिलेर विकास गरिएको पछिल्लो भर्सनको जेएफ १७ थन्डर फाइटर जेट आगामी महिनाको अन्त्यमा प्राप्त हुने पाकिस्तानी वरिष्ठ प्रतिरक्षा अधिकारीले जानकारी दिएका छन् । पाकिस्तान एयर फोर्स (पीएएफ) का प्रवक्ताले यसलाई मार्च २३ को परेडमा सार्वजनिक गरिने उनको भनाई छ । ‘जेएफ–१७ थन्डर ब्लक थर्ड यो श्रृंखलाको पछिल्लो विमान हो, यसका सबै परीक्षण उडान पूर्ण भइसकेका छन्’ अरब न्यूजसँगको कुराकानीमा उनले भनेका छन् ।  यसको रोल आउट गत वर्षको डिसेम्बरमा भएको थियो । यो जेएफ–१७ थन्डर आधुनिक, हलुका, सबै मौसममा चल्ने, बहु भूमिका भएको फाइटर…
Read More
कतार हिँडेकी मीना कुमारीको पासपोर्ट इन्टरपोलको डाटाबेसमा देखिएपछि…

कतार हिँडेकी मीना कुमारीको पासपोर्ट इन्टरपोलको डाटाबेसमा देखिएपछि…

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफको स्वास्थ्यसँग जोडिएको ताजा रिपोर्ट लाहौर उच्च अदालतमा पेश गरिएको छ । यो रिपोर्ट अनुसार नवाज शरिफ यतिबेला गम्भीर मानसिक तनावमा छन् र उपचार बिना बेलायत छोड्नु खतरनाक हुनसक्छ । यो मेडिकल रिपोर्ट नवाज शरिफका फिजिशियन डाक्टर फय्याज शाउलले लेखेका हुन् । मंगलबार उनका वकिल अमजद परवेजले यो रिपोर्ट लाहौर उच्च अदालतमा सुम्पिएका हुन् । रिपोर्टमा बताइए अनुसार हालको समयमा कोरोना महामारीका कारण् स्थिति जस्तो छ, त्यसलाई मध्यनजर गर्दै नवाज शरिफको स्वास्थ्यलाई मध्यनजर गर्दै उनका लागि विमानस्थलसमेत अन्य सार्वजनिक स्थानमा जानु खतरनाक हुनसक्छ र उनले यसो गर्नबाट जोगिनुपर्छ । मेडिकल रिपोर्टमा बताइए अनुसार नवाज शरिफ आफ्नो…
Read More
पाक प्रधानमन्त्रीको सपना साकार होला जस्तो छाँट देख्दिन

पाक प्रधानमन्त्रीको सपना साकार होला जस्तो छाँट देख्दिन

देशको टाउकोमा थुप्रिएको अत्यधिक ऋण, मुद्रास्फीति र अनियन्त्रित महँगाईका कारण आफूलाई अचेल निद्रा नलाग्ने पाकिस्तानी प्रधानमन्त्री इमरान खानले बताएका छन् । एक नयाँ मिडिया रिपोर्टले पनि यो तथ्य पुष्टि गरेको छ । तथापि, महँगाईबारे कोरोना महामारी अधिक जिम्मेवार रहेको पनि इमरानले स्पष्टीकरण दिएका छन् । पाकिस्तानी पत्रिका 'डन' का अनुसार, आकाश हुँदै गएको महँगाईले आफूलाई राति निदाउन नदिएको इमरानको स्वीकारोक्ति छ। उनले मुद्रास्फीति विश्वव्यापी समस्या भएको पनि भन्न भ्याएका थिए । सन् २०१८ मा प्रधानमन्त्री हुँदा पाकिस्तानी जनता निकै खुशी थिए। क्रिकेटमा खुबै जमेका र देशको प्रतिनिधित्व गरेका खेलाडी इमरान जब पाकिस्तानको सत्तामा आए तब त्यहाँका जनतामा आशा पलाएको थियो…
Read More
पाकिस्तानी प्रधानमन्त्री इमरान खानको पार्टीमा आन्तरिक कलह बढ्दै

पाकिस्तानी प्रधानमन्त्री इमरान खानको पार्टीमा आन्तरिक कलह बढ्दै

पाकिस्तानी प्रधानमन्त्री इमरान खानको पार्टी तहरीक ए इन्साफ (पीटीआई) मा चलिरहेको आन्तरिक विवाद बढ्दै गएको छ । पीटीआईबाट खैबर पख्तुनख्वाका उच्च शिक्षा मन्त्री भएका कमरान बंगसले आफ्नै पार्टीका नेता अरबाब मोहम्मद अलीलाई पेशावर शहरको टिकट बेचेको आरोपमा मुद्दा हालेका छन्। पार्टीलाई व्यापार बनाएको भन्दै पार्टीभित्रै चर्को आलोचना भइरहेको छ । पेशावर शहरको मेयरको टिकट धनी व्यापारीलाई बेचेर कुल रकममध्ये २ करोड पाकिस्तानी रुपियाँ केन्द्रलाई र ७ करोड पाकिस्तानी रुपियाँ आफूले लिएको आरोप लगाइएको छ । अली पेशावरका पीटीआई एमएनए अरबाब शेर अलीका भाइ र प्रधानमन्त्री इमरान खान प्रतिष्ठानका सल्लाहकार अरबाब शेहजादका भाइ हुन् । उनले पेशावरको मेयर सीटको लागि पीटीआई…
Read More
पाकिस्तानले भारतको शान्ति भंग गर्न चाहन्छ: राजनाथ सिंह

पाकिस्तानले भारतको शान्ति भंग गर्न चाहन्छ: राजनाथ सिंह

रक्षामन्त्री राजनाथ सिंहले हालै पाकिस्तानले आतंकवाद र अन्य भारत विरोधी गतिविधिलाई बढावा दिएर भारतको शान्तिलाई भंग गर्न खोजेको बताएका छन् । भारतीय सेनाले सन् १९७१ मा तिनीहरूको योजना विफल पारेको थियो र आतंकवादलाई जराबाट हटाउने काम भइरहेको छ । हामीले प्रत्यक्ष युद्धमा जितेका छौं र अप्रत्यक्ष युद्धमा पनि जित हाम्रै हुनेछ, उनले नयाँ दिल्लीको इण्डिया गेटमा आयोजित भारत-पाक १९७१ युद्ध मा सशस्त्र सेनाको वीरता र व्यावसायिकता र बंगलादेश स्वतन्त्रतामा उनीहरूको योगदानको स्मरण गर्ने कार्यक्रम स्वर्णिम विजय पर्वको उद्घाटन गरेपछि उनले भनेका छन् । उनले बताएका छन्, यो युद्धले धर्मको आधारमा भारतको विभाजन ऐतिहासिक गल्ती थियो भनी बताउँछ। पाकिस्तान एउटै धर्मको…
Read More
भारत र पाकिस्तानको भविष्य आपसमा जोड़िएको छ : इमरान खान

भारत र पाकिस्तानको भविष्य आपसमा जोड़िएको छ : इमरान खान

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले विश्व नयाँ शीतयुद्धतर्फ अग्रसर भइरहेको तर आफ्नो देश कुनै पनि राजनीतिक ध्रुवमा नलाग्ने प्रस्ट पारेका छन् । प्रधानमन्त्री खानले इस्लामावादमा आयोजित 'शान्तिपूर्ण र समृद्ध दक्षिण एसिया विषयक इस्लामावाद कन्क्लेभ (२०२१) लाई सम्बोधन गर्दै पाकिस्तान कुनै पनि ध्रुवमा नलाग्ने बताएका हुन् पाकिस्तानले पक्षविपक्षमा उभिनुको साटो अमेरिका र चीनबीच जारी मतभेद कम गर्न चाहेको पनि उनको भनाइ थियो ‘अवस्था नयाँ शीतयुद्धतर्फ अग्रसर देखिन्छ र ध्रुवहरू बनिरहेका छन्', खानले भने, 'पाकिस्तानले यस्ता ध्रुव गठन रोक्ने प्रयास गर्नुपर्छ किनभने हामीहरू कुनै पनि ध्रुवको अंग बन्नु हुन्न । यसअघि अमेरिका र रुसी महासंघबीचको शीतयुद्धबाट विश्वले धेरै क्षति व्यहोरेका कारण संभावित नयाँ…
Read More
भारतीय क्रिकेट टोलीले पाकिस्तान भ्रमण गर्नेमा आईसीसी विश्वस्त

भारतीय क्रिकेट टोलीले पाकिस्तान भ्रमण गर्नेमा आईसीसी विश्वस्त

पाकिस्तानले सन् २०२५ मा आयोजना गर्ने आईसीसी च्याम्पियन्स ट्रफीमा भारतको सहभागिता अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को टाउको दुखाइ भएको छ । यद्यपि, आईसीसीले प्रतियोगितामा सबै देश सहभागी हुने विश्वास व्यक्त गरेको छ । २००९ मा लाहोरमा श्रीलंकन टिम चढेको बसमा इस्लामिक सैनिकले आक्रमण गरेका थिए । उक्त घटनामा ६ प्रहरीसहित दुई सर्वसाधरणको मृत्यु भएको थियो । त्यसपछि विदेशी टोलीले पाकिस्तानको भ्रमण गर्न अस्वीकार गरेका थिए । गएको सेप्टेम्बरमा इंग्ल्यान्ड र न्युजिल्यान्डले सुरक्षाको कारण देखाउँदै अन्तिममा पाकिस्तानको भ्रमण स्थगित गरेका थिए । ५० ओभरको उक्त क्रिकेट प्रतियोगिता पाकिस्तानमा हुने आईसीसीले निर्णय गरिसकेको छ । १९९६ मा श्रीलंका र भारतसँग मिलेर विश्वकपको आयोजना गरेपछि…
Read More
विश्वका एक सयमध्ये ९४ प्रदुषित सहर चीन, भारत र पाकिस्तानमा मात्रै

विश्वका एक सयमध्ये ९४ प्रदुषित सहर चीन, भारत र पाकिस्तानमा मात्रै

प्रत्येक वर्ष, भारतको राजधानी नयाँ दिल्लीलाई बाक्लो धुइरो (धुवाँ धुलो र अन्य प्रदुषणसहितको कुहिरो) ले ढाक्छ । गत साता, धुइरो दुई करोड बासिन्दाको लागि यति खराब भयो कि भारतमा विद्यालयहरू बन्द गरियो ।  मानिसहरूको फोक्सोलाई हानि गर्ने पीएम२.५ पार्टिकल्स (कणहरू) नयाँ दिल्लीमा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को स्वीकार्य तहभन्दा ३४ गुणा बढी छ । किसानहरूले पराल जलाउने भएकोले जाडो याममा वायु प्रदुषण झनै खराब हुन्छ ।  वायुको गुणस्तर वायु प्रदुषक पीएम२.५, पीएम१०, ओजोन, नाइट्रोजन डाइअक्साइड, सल्फर डाइअक्साइड, र कार्बन मोनोअक्साइडको स्तरबाट निर्धारण गरिन्छ । पार्टिकुलेट म्याटर (पीएम) मा स–साना कणहरू हुन्छन् जसले स्वास्थ्यलाई नकारात्मक असर गर्छ । पीएमहरू आकारमा भिन्न…
Read More