पाकिस्तानी एयर फोर्सले जेएफ–१७ फाइटर जेट पाउने

पाकिस्तानी एयर फोर्सले (हवाई सेना) जेएफ–१७ थन्डर फाइटर  जेट पाउने भएको छ ।  चीन र पाकिस्तान मिलेर विकास गरिएको पछिल्लो भर्सनको जेएफ १७ थन्डर फाइटर जेट आगामी महिनाको अन्त्यमा प्राप्त हुने पाकिस्तानी वरिष्ठ प्रतिरक्षा अधिकारीले जानकारी दिएका छन् । पाकिस्तान एयर फोर्स (पीएएफ) का प्रवक्ताले यसलाई मार्च २३ को परेडमा सार्वजनिक गरिने उनको भनाई छ ।

‘जेएफ–१७ थन्डर ब्लक थर्ड यो श्रृंखलाको पछिल्लो विमान हो, यसका सबै परीक्षण उडान पूर्ण भइसकेका छन्’ अरब न्यूजसँगको कुराकानीमा उनले भनेका छन् ।  यसको रोल आउट गत वर्षको डिसेम्बरमा भएको थियो । यो जेएफ–१७ थन्डर आधुनिक, हलुका, सबै मौसममा चल्ने, बहु भूमिका भएको फाइटर विमान हो । यसले आकासबाट आकासमा र आकासबाट सतहमा मार हान्न सक्छ । यो विमान पाकिस्तान एरोनउटिकल कम्प्लेक्स र छेङदु एयरक्राफ्ट इन्डस्ट्री कर्पोरेसनले चीनमा विकास गरिएको हो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *